logo
  • २०८३ भाद्र २१, आईतवार | Sun, 06 Sep 2026
  • इलाम गोल्डकप : पहिलो सेमिफाइनलमा आज  मछिन्द्र  र  पथरी ११ भिड्दै

    इलाम गोल्डकप : पहिलो सेमिफाइनलमा आज  मछिन्द्र  र  पथरी ११ भिड्दै

    सविता पाण्डे , इलाम , ९ बैशाख :

    इलाममा जारी तेस्रो अन्तर्राष्ट्रिय आमन्त्रण इलाम गोल्डकपको पहिलो सेमिफाइनल खेलमा आज  मछिन्द्र  फुटबल क्लब काठमाडौ र पथरी–११मोरङ  भिड्दैछन् । मछिन्द्रले पाहुना टोली एन पेनाङ मलेसिया टाइब्रेकरमा ३–२ गोल अन्तरले पराजित गरि सेमिफाइनलको यात्रा तय गरेको थियो । पथरीले घरेलु टिम रेडहर्स फुटबल क्लबलाई  टाइब्रेकरमा ४–२ गोल अन्तरले पराजित गर्दै  पथरीले अन्तिम ४ मा स्थान बनाएको हो ।
    रेडहर्स फुटबल क्ल्बको आयोजनामा इलाम स्थित ठूलो टुडिखेलमा जारी प्रतियोगिताको पहिलो सेमिफाइनल खेल दिउँसो २:३० बजे सुरु हुने आयोजकले जनाएको छ ।
    भोलि हुने दोश्रो सेमिफाइनल खेलमा डिफेन्डिङ च्याम्पियन  न्युरोड टीम (एनआरटी)ले रोलिङ क्लब धुलाबारी झापा संग प्रतिस्पर्धा गर्नेछ । रोलिङले क्वाटरफाइनलमा पाँचथर फुटबल  क्लबलाई  ३–० गोल अन्तरले हराउँदै अन्तिम ४ मा स्थान सुरक्षित गरेको थियो ।  चित्लाङ फुटबल क्लबलाई १ – ० ले पराजित गर्दै एनआरटीले  सेमिफाइनलको यात्रा तय गरेको हो ।

    बैशाख ५ गतेदेखि सुरु भएको प्रतियोगिताको  १२ गते फाइनल खेल हुनेछ  । रेड हर्ष फुटबल क्लबद्वारा आयोजित  प्रतियोगिताको  विजेताले नगद  १० लाख र उपविजेताले नगद  ५ लाख प्राप्त गर्नेछन् ।



    निगरानी    
  • २०८३ बैशाख ९, बुधबार ११:२० गते
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    कोरोना भाइरसबाट बच्न निगरानी डटकमद्धारा जारी सन्देश …कुनै व्यक्ति, वस्तु वा सामान छुनु पहिले र छोइसकेपछि साबुन पानीले राम्रोसँग हात धुने । अनावश्यक रुपमा घर वाहिर र भिडभाडमा नजाने, भिडभाड नगर्ने र गर्न नदिने । खोक्दा र हाछ्युँ गर्दा नाक र मुख कुहिनोले छोप्ने । जंगली तथा घरपालुवा पशुपंछिसँगको असुरक्षित सम्पर्कबाट टाढा रहने । बाहिरबाट आयातित माछामासु सकेसम्म उपभोग नगर्ने । जथाभावी मुख, आँखा, कान, नाक नछुने । दैनिक उपभोग सामान खरिद गर्न वाहेक बजार र हाटबजार नजाने । विदेश वा अन्य जिल्लाबाट आएका संकास्पद व्यक्तिहरु कम्तिमा १५ दिनसम्म अन्य व्यक्तिसँगको सम्पर्कबाट टाढा रहने । ज्वरो, रुघा र खोकी तथा श्वासप्रश्वासमा समस्या भएमा चिकित्सकसँग परामर्श गर्ने ।सामान्य किसिमको मौसमी विराम उपचारको लागि स्वास्थ्य चौकीमा भिडभाड नगर्ने । आवश्यक परेमा सञ्चार सेवाबाट परामर्श लिने । खाद्यसामाग्री तथा अत्यावश्यक वस्तु र औषधिजन्य पदार्थको अनावश्यक खरिद गरी जम्मा नगर्ने र गर्न नदिने । घरेलु प्रयोगमा आउने एल।पी। ग्यासको सट्टामा वैकल्पिक उर्जाको प्रयोग गर्ने । अफवाह फैलाउने, त्रास फैलाउने र गलत सूचना प्रवाह नगर्ने । ज्येष्ठ नागरिक, गर्भवती महिला, बालबालिका र दीर्घरोगीलाई विशेष निगरानीमा राख्ने ।दैनिक योग, व्यायाम गर्ने र रोग प्रतिरोधात्मक क्षमता बढाउने खानेकुरा उपभोग गर्ने । बजारमा कालोबजारी गरेको तथा अत्यावश्यक वस्तु लुकाईराखेको भेटिए नजिकको प्रहरी चौकीमा जानकारी गराउने । निगरानी डटकम
    ताजा अपडेट
    TOP