सविता पाण्डे , इलाम , १२ बैशाख :इलाम गोल्डकपको उपाधिका लागि आज डिफेन्डिङ च्याम्पियन न्युरोड टिम (एनआरटी) र मच्छिन्द्र फुटबल क्लब बिच प्रतिस्पर्धा हुँदैछ । इलाम स्थित ठुलो टुँडिखेलमा जारी प्रतियोगितामा मच्छिन्द्र र एनआरटीका प्रशिक्षक तथा खेलाडीहरूले उपाधि जित्ने लक्ष्यसहित मैदान उत्रदै छ्न ।
लगातार दुई संस्करणकै उपाधि उचालेको एनआरटी ह्याट्रिक गर्ने दाउमा छ भने तेस्रो इलाम गोल्डकपको उपाधि उचाल्ने दाउमा मच्छिन्द्र रहेको छ ।
एनआरटीले पहिलो संस्करणमा विर्तामाेड युनाइटेडमा टाइब्रेकरमा ४-३ गोल अन्तरले हराउँदै उपाधि उचालेको थियो भने दोस्रो संस्करणमा चर्च ब्वाइजलाई ३-० गोलले हराउँदै उपाधि उचालेको थियो । आफ्नो जीतको इतिहास जोगाउन एनाआरटी अनुभवी तथा युवा खेलाडीको साथमा मैदान उत्रने तयारीमा रहेको छ । एनआरटीका कप्तान आशिस गुरुङ भन्छ्न : ‘आफ्नो टिमले उत्कृष्ट खेल खेल्दै उपाधिका लागि मैदान उत्रने तयारीमा छौ’ ।
यता मच्छिन्द्र सशक्त टीम सहित प्रतिस्पर्धामा उत्रने भएको छ । योजनाबद्ध खेलमार्फत उपाधि हात पार्ने दाउमा रहेको मछिन्द्रका कप्तान देवेन्द्र तामाङले बताएका छन । इलामे दर्शनको उत्तिकै साथ र समर्थन पाएको दुवै टोली उपाधिको दाबेदार मानिएको छ ।
रेडहर्ष फुटबल क्लबको आयोजनामा जारी प्रतियोगिताको फाइनल खेल दिउँसो २ बजे हुने आयोजकले जनाएको छ । प्रतियोगिताको विजेताले नगद १० लाख रुपैयाँ र उपविजेताले ५ लाख रुपैयाँ प्राप्त गर्नेछन्।
प्रतिक्रिया