logo
  • २०८३ जेष्ठ १७, आईतवार | Sun, 31 May 2026
  • नेपालमा १२ सय बढीमा कोरोना संक्रमण , ६ जनाको ज्यान गयो

    नेपालमा १२ सय बढीमा कोरोना संक्रमण , ६ जनाको ज्यान गयो

    नेपालमा शुक्रबार थप १७० जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। पछिल्लो २४ घन्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा १७० जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले नियमित प्रेस सम्मेलनमा बोल्दै संक्रमण देखिएका देशका विभिन्न जिल्लाका रहेको बताउनु भयो । आज थप भएका १७० सहित नेपालमा संक्रमितको संख्या १ हजार २ सय १२ पुगेको छ।

    हालसम्म नेपालमा कोरोना संक्रमण देखिएकामध्ये ६ जनाको मृत्यु भइसकेको छ भने उपचारपछि २ सय ६ जना निको भएका छन्। पछिल्लो समय थप १९ जना डिस्चार्ज भएपछि निको हुनेको संख्या २०६ पुगेको डा देवकोटाले जानकारी दिनु भयो ।



    निगरानी डेक्स    
  • २०७७ जेष्ठ १६, शुक्रबार ११:३२ गते
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP