logo
  • २०८३ बैशाख ६, आईतवार | Sun, 19 Apr 2026
  • थानकाेटमा ट्रिपरकाे ठक्करबाट एक जनाकाे निधन

    • निगरानी
    • २०७६ आश्विन १६, बिहीबार ११:०१ गते
    थानकाेटमा ट्रिपरकाे ठक्करबाट एक जनाकाे निधन

    थानकाेटमा ट्रिपरकाे ठक्करबाट एक जनाकाे निधन भएकाे छ । थानकोटबाट कंलकी जाँदै गरेको मोटरसाईकललाई बागेश्वरी तर्फ जाँदै गरेकाे ट्रिपरले ठक्कर दिँदा एक जनाको निधन भएको छ भने १ जना घाईते भएका छन् । थानकोटबाट कंलकी आउँदै गरेको बा २६प ४९०३ नम्बरकाे मोटरसाईकललाई चन्द्रागिरि नगरपालिका ११ सतुङगल स्थित बागेश्वरी अस्पताल ओरालोमा सोही दिशा तर्फ गईरहेको बा ३ ख ३८१७ नम्वरको ट्रिपरले ठक्कर दिँदा एक जनाको घटना स्थलमै निधन भएको हो ।

    महानगरीय प्रहरी प्रभाग बलम्वुका प्रहरी निरीक्षक शकंर खड्काले निधन हुनेमा जिल्ला चितवन रत्ननगर १६ का वर्ष २५ का सुनिल अधिकारी भएको बताए । घाईते हुनेमा ललितपुर महाँलक्ष्मी नगरपालिका २ इमाडोल बस्ने ४१ टिका बहादुर बाँनिया रहेका छन् । दुर्घटनामा घाईते बाँनियाको ओम समाज अस्पताल सतुङगलमा उपचार भइरहेको छ । ट्रिपर र ट्रिपर चालक भने महानगरीय प्रहरी बलम्वुले नियन्त्रणमा लिएको छ ।

    दुर्घटनामा वृद्धाको निधन

    ललितपुरमा आज बिहान भएको सवारी दुर्घटनामा एक वृद्धाको निधन भएको छ । ललितपुर महानगरपालिका–२७ स्थित सडकमा बा४ख ८२५० नम्बरको बसले ठक्कर दिँदा पैदलयात्री अन्दाजी ७० वर्षीया रुकु कार्कीको निधन भएको महानगरीय प्रहरी परिसर ललितपुरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक टेकप्रसाद राईले जानकारी दिनुभयो । उक्त दुर्घटनाको बसका चालक फरार रहेकाले खोजी जारी रहेको प्रहरीले जनाएको छ ।



    निगरानी    
  • २०७६ आश्विन १६, बिहीबार ११:०१ गते
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP