logo
  • २०८१ फाल्गुन ५ | Mon, 17 Feb 2025
  • पुर्व मन्त्री बुडाथोकीको निधन

    पुर्व मन्त्री बुडाथोकीको निधन

    विराटनगर : नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्व सामान्य प्रशासनमन्त्री केशवकुमार बुढाथोकीको निधन भएको छ । ८० वर्षीय बुढाथोकीको उपचारका क्रममा सोमबार राति निधन भएको हो ।

    पछिल्लो समय स्वस्थ्यमा समस्या आएपछि उनी विराटनगरस्थित विराट मेडिकल कलेज उपचार गराइरहेका थिए ।

    नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नेता बुढाथोकीप्रति सामाजिक सञ्जालमार्फत श्रद्धाञ्जली व्यक्त गरेका छन् ।
    महाममन्त्री शर्माले लेखेका छन्, ‘नेपाली कांग्रेसका नेता, केन्द्रीय सदस्य, पूर्वमन्त्री केशवकुमार बुढाथोकीको उपचार क्रममा विराट मेडिकल कलेज विराटनगरमा निधन भएको छ । हक्की स्वभावका नेता बुढाथोकीको बिदाइले पूर्वी नेपाल खासगरी झापाको भूमिमा उहाँको ठूलो रिक्तता अनुभूति हुनेछ । उहाँका योगदानहरू हामी सदैव स्मरण गरिरहने छौँ। पार्टी पंक्ति, उहाँका तमाम शुभेच्छुक अनि परिवारजनमा गहिरो समवेदनासहित आदरणीय कुमार दाइप्रति भावपूर्ण श्रद्धाञ्जली !’

    नेता बुढाथोकी लामो समयदेखि प्रोस्टेटको क्यान्सरबाट पीडित थिए। पछिल्लो समय मिर्गौलामा समस्या आएका कारण उपचार गराइरहेका थिए।

    बुढाथोकी सामान्य प्रशासन मन्त्री, जलस्रोत सहायक मन्त्री, राष्ट्रिय पञ्चायत सदस्य, प्रधानपञ्च, जिल्ला पञ्चायत सभापति भइसकेका थिए ।

    बुढाथोकीका दुई छोरा र एक छोरी छन् । नेता बुढाथोकीको पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलीका लागि आज झापा जिल्ला पार्टी कार्यालयमा राखिने बताइएको छ । बुडाथोकीको आज नै दाहसंस्कार गरिने नेपाली काङ्ग्रेस झापाका सचिव कृष्ण हुमागाईँले जानकारी दिए ।



    निगरानी    
  • २०८० माघ २३, मंगलवार ०३:३६
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    कोरोना भाइरसबाट बच्न निगरानी डटकमद्धारा जारी सन्देश …कुनै व्यक्ति, वस्तु वा सामान छुनु पहिले र छोइसकेपछि साबुन पानीले राम्रोसँग हात धुने । अनावश्यक रुपमा घर वाहिर र भिडभाडमा नजाने, भिडभाड नगर्ने र गर्न नदिने । खोक्दा र हाछ्युँ गर्दा नाक र मुख कुहिनोले छोप्ने । जंगली तथा घरपालुवा पशुपंछिसँगको असुरक्षित सम्पर्कबाट टाढा रहने । बाहिरबाट आयातित माछामासु सकेसम्म उपभोग नगर्ने । जथाभावी मुख, आँखा, कान, नाक नछुने । दैनिक उपभोग सामान खरिद गर्न वाहेक बजार र हाटबजार नजाने । विदेश वा अन्य जिल्लाबाट आएका संकास्पद व्यक्तिहरु कम्तिमा १५ दिनसम्म अन्य व्यक्तिसँगको सम्पर्कबाट टाढा रहने । ज्वरो, रुघा र खोकी तथा श्वासप्रश्वासमा समस्या भएमा चिकित्सकसँग परामर्श गर्ने ।सामान्य किसिमको मौसमी विराम उपचारको लागि स्वास्थ्य चौकीमा भिडभाड नगर्ने । आवश्यक परेमा सञ्चार सेवाबाट परामर्श लिने । खाद्यसामाग्री तथा अत्यावश्यक वस्तु र औषधिजन्य पदार्थको अनावश्यक खरिद गरी जम्मा नगर्ने र गर्न नदिने । घरेलु प्रयोगमा आउने एल।पी। ग्यासको सट्टामा वैकल्पिक उर्जाको प्रयोग गर्ने । अफवाह फैलाउने, त्रास फैलाउने र गलत सूचना प्रवाह नगर्ने । ज्येष्ठ नागरिक, गर्भवती महिला, बालबालिका र दीर्घरोगीलाई विशेष निगरानीमा राख्ने ।दैनिक योग, व्यायाम गर्ने र रोग प्रतिरोधात्मक क्षमता बढाउने खानेकुरा उपभोग गर्ने । बजारमा कालोबजारी गरेको तथा अत्यावश्यक वस्तु लुकाईराखेको भेटिए नजिकको प्रहरी चौकीमा जानकारी गराउने । निगरानी डटकम
    ताजा अपडेट
    TOP