आरडिटि पोजेटिभ देखिएका पाँचथरका युवकको पिसिआर रिपोर्ट नेगेटिभ

Share This
  •  
  • 19
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    19
    Shares
आरडिटि पोजेटिभ देखिएका पाँचथरका युवकको पिसिआर रिपोर्ट नेगेटिभ

पाँचथरको याङवरक गाँउपालिका ६ का एक पुरुषमा कोरोना संक्रमण नभएको पुष्टि भएको छ । गणेश माध्यमिक बिद्यालयको क्वारेन्टाइनमा बसेका २४ बर्षिय पुरुषको स्वाब परीक्षण गर्दा कोरोना संक्रमण नभएको पुष्टि भएको हो । 
काठमाण्डौबाट घर आएका ती पुरुषको आरडीटी पोजेटिभ देखिएपछि स्वाब परीक्षणका लागि बिराटनगर पठाइएको थियो । उनीसँगै क्वारेन्टाइनमा बसेका अन्यको पनि स्वबप परिक्षणबाट कोरोना नभएको पुष्टि भएको छ ।  

आइतबार २० जनाको स्वाब परीक्षण गरिएको स्वास्थ्य कार्यालय पाँचथरका प्रमुख नारद सुवेदीले बताउनु भएको छ । आरडीटी पोजेटिभ देखिएका पुरुष सहित सबैको पीसीआर नेगेटिभ देखिएको हो ।