माङ्सेबुङ ५ को वडा कार्यलय आगजनी र चोरीकोे आरोपमा एकजना पक्राउ

माङ्सेबुङ ५ को वडा कार्यलय आगजनी र चोरीकोे आरोपमा एकजना पक्राउ


इलाम चैत २२ :

माङ्सेबुङ गाउँपालिका वडा ५ को कार्यालयमा गत चैत ९ गते राति वडा कार्यालयमा आगजनी र चोरी भएको थियो। आगजनी र चोरी गरेको आरोपमा प्रहरीले १ जनालाई पक्राउ गरेको छ । माङ्सेबुङ गाउँपालिका–३ का ३९ वर्षे आशिष भनेर चिनिने हस्तबहादुर लिम्बूलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यलय इलामले जनाएको छ।
लिम्बूले घटना आफूले गरेको स्वीकार गरेको प्रहरीको भनाई छ । लिम्बुविरुद्ध आगजनी तथा चोरी मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको भएको जिल्ला प्रहरी कार्यालयमा सूचना अधिकारी इन्स्पेक्टर प्रदीप सुवेदीले बताउनु भयो । आगजनीबाट वडा कार्यालयमा क्षति पुगेको थियो। प्रहरीले लिम्बूको साथबाट वडा कार्यालयको कम्प्युटर मनिटर, स्क्यानर, वाइफाई राउटर, माउस र किबोर्ड बरामद गरेको जनाएको छ ।