logo
  • २०८३ बैशाख २३, बुधबार | Wed, 06 May 2026
  • रिस साँधेर बस्नु भनेको आगो समातेर बस्नु जस्तै हो

    • निगरानी
    • २०७६ आश्विन १७, शुक्रबार १०:२८ गते
    रिस साँधेर बस्नु भनेको आगो समातेर बस्नु जस्तै हो

    शान्तिका अग्रदूत भगवान् गौतम बुद्धको उपदेश संसार भर महत्वका रुपमा लिइन्छ । यहाँ हामीले भगवान गौतम बुद्धका केही जीवन उपयोगी भनाईहरु प्रस्तुत गरेका छौं। जुन तपाईंको जीवनका लागि पनि महत्वपुर्ण बन्न सक्छ । पढ्नुस् र मनन गर्नुस्।

    – वितेको कुरामा नअल्झ, भविष्यको अनावश्यक सपनामा नहराउ, वर्तमानमा जे गर्दै छौ त्यसमा ध्यान देउ । यो नै खुसी रहने उत्तम बाटो हो ।


    – शंकाको बानी भयंकर डरलाग्दो हुन्छ जसले मानिसलाई अलग गर्छ र मित्रता तोड्छ ।
    – तिमी आफूमाथि विजय प्राप्त गर त्यो हजारौं लडाइँ जित्नु भन्दा राम्रो हो ।
    – सूर्य, चन्द्रमा र सत्य कहिल्यै लुक्न सक्दैन ।


    – लक्ष्यसम्मको यात्रा राम्रोसँग गर्नुस् लक्ष्यमा अवश्य पुग्नुहुन्छ ।
    – जुन शब्दले शान्ति ल्याउँछ त्यो शब्द लाखौं शब्द भन्दा राम्रो हुन्छ ।


    – रिस साँधेर बस्नु भनेको, कसैलाई प्रहार गर्ने इच्छाले आगो समातेर बस्नु जस्तै हो ।
    – कुनै एक बलिरहेको दियोबाट हजारौं बत्ति बाल्न सकिन्छ, तरपनि त्यो दियोको प्रकाश कम हुँदैन । यसै गरी खुसि र शिक्षा बाँड्नाले बढ्छ, कहिल्यै कम हुँदैन ।



    निगरानी    
  • २०७६ आश्विन १७, शुक्रबार १०:२८ गते
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP