चर्चित गायिका लता मंगेशकरको निधन

Share This
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
चर्चित गायिका लता मंगेशकरको निधन

भारतकी चर्चित गायिका लता मंगेशकरको निधन भएको छ ।मङ्गेसकरको मुम्बइमा ९२ बर्षको उमेरमा निधन भएको हो ।

मंगेशकरलाई सुरुमा कोरोना संक्रमण भएपछि मुम्बइको सिटी अस्पातालमा भर्ना गरिएको थियो । कोरोना संक्रमणपछि उहाँमा निमोनियाँ भएको चिकित्सकहरुले बताएका थिए । जनवरी २८ तारेखमा उहाँलाई भेन्टिलेटरमा राखिएको भए पनि उहाँको स्वास्थ्य अबस्था कम्जोर बन्दै गएको थियो । मंगेशकरले नेपाली गीतमा पनि स्वर दिनु भएको थियोे ।