logo
  • २०८३ जेष्ठ २६, मंगलवार | Tue, 09 Jun 2026
  • एसिया क्षेत्रको दोस्रो चरणको छनोट खेलमा हारबाट जोगियो भारत

    • निगरानी
    • २०७६ आश्विन २९, बुधबार १०:०८ गते
    एसिया क्षेत्रको दोस्रो चरणको छनोट खेलमा हारबाट जोगियो भारत

    एजेन्सी । भारत कतार विश्वकप अन्तर्गतको एसिया क्षेत्रको दोस्रो चरणको छनोट खेलमा हारबाट जोगिएको छ । खेल सकिन दुई मिनेट बाँकी रहँदा आदिल खानले गोल गरेपछि भारत दक्षिण एसियाली टोली बंगलादेशसँगको सम्भावित हारबाट जोगिएको हो ।

    भारत र बंगलादेशबिचको खेल १–१ गोलको बराबरीमा टुंगियो । बंगलादेशले पहिलो हाफमा लिएको अग्रता जोगाउन नसक्दा जितबाट वञ्चित हुन पुगेको हो।

    खेलको ४१औं मिनेटमा साद उद्दिनको हेडर गोलबाट बंगलादेशले खेलमा अग्रता बनाएको थियो । ६०औं मिनेटमा भारत बराबरी गोलबाट चुक्यो । एनासको प्रहारलाई बंगलादेशका विप्लो अहमदले गोललाईबाट बचाउदै सम्भावित बराबरी टारेका थिए ।

    ८८औं मिनेटमा आदिल खानले गोल गर्दै भारतलाई १–१ गोलको बराबरीमा ल्याए त्यसपछि थप गोल निस्कन नसक्दा खेल १–१ गोलको बराबरीमा सकियो । यो सँगै बंगलादेशले समूह ‘एफ’ मा ३ खेलबाट पहिलो अंक जोड्न सफल भएको छ । भारतको ३ खेलबाटै २ अंक रहेको छ ।



    निगरानी    
  • २०७६ आश्विन २९, बुधबार १०:०८ गते
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP