माईभ्याली गोल्डकपः मानेभञ्ज्याङ एफसी सेमीफाईनल प्रवेश

Share This
  •  
  • 1
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    1
    Share
माईभ्याली गोल्डकपः मानेभञ्ज्याङ एफसी सेमीफाईनल प्रवेश

मानेभञ्ज्याङ एफसी दार्जिलिङ इलाममा जारी छैटौं संस्करणको माईभ्याली गोल्डकपको सेमी फाईनलमा प्रवेश गरेको छ । माइभ्याली गोल्डकपमा दोस्रो र तेस्रो संस्करणमा उपाधी चुमेको झापा घर फर्किएको छ ।
इलामको ठूलो टुडीखेलमा शनिबार भएको प्रतिष्पर्धात्मक खेलमा झापा ११ लाई २–१ को गोल अन्तरले हराउदै मानेभञ्ज्याङ एफसी दार्जिलिङ सेमी फाईलमा प्रबेशगरेको हो ।


खेलको २३ औ मिनेटमा मानेभञ्ज्याङ एफसी दार्जिलिङका
पिनसाई लाथोङले पहिलो गोल गरे । खेलको ४८ औ मिनेटमा
मानेभञ्ज्याङ एफसी दार्जिलिङका लाथोङले नै दोस्रो गोल गरी टीमलाई अघिल्लो चरणको यात्रा निश्चित गरे । झापा ११ का सरोज कार्कीले ८५ मिनेटमा एक मात्र गोल गरे ।

मानेभञ्ज्याङका पिनसाई लाथोङ खेलको
म्यान अफ दी म्याच बने । उनले नगद १० हजार प्राप्त गरे । आइतबार नेपाल आर्मी र संकटा क्लब काठमाण्डौ बीच प्रतिस्पर्धा हुनेछ ।