logo
  • २०८३ जेष्ठ ३१, आईतवार | Sun, 14 Jun 2026
  • मरबमा अराजकताको नेतृत्व गर्दै अखिल

    मरबमा अराजकताको नेतृत्व गर्दै अखिल

    इलामको महेन्द्र रत्न बहुमुखी क्याम्पसमा सोमबार साँझा अनेरास्ववियुको असन्तुष्ट समुहले क्याम्पसमा तोडफोड गरेपछि स्ववियु चुनावको मुखमा क्याम्पसको वातावरण झनै विग्रन थालेको छ ।
    अनेरास्ववियुका जिल्ला र केन्द्रिय नेतृत्वमा रहेका क्याम्पसका पुर्व विद्यार्थीहरुको समुहले क्याम्पस प्रवेश गरेर क्याम्पसको शिशा फुटाउने र हातपातको प्रयास गरेपछि शैक्षिक वातावरण विग्रीएको भन्दै क्याम्पसका विद्यार्थी नेताहरुले चिन्ता व्यक्त गरेका छन् ।
    दुई दिन अघि क्याम्पसमा प्रशासन र आन्दोलनरत नेकपा निकट अनेरास्ववियुको विद्यार्थीविच छलफल पछि ताला खुल्ने आशा गरेपनि त्यहि दिन तोडफोड भएको क्याम्पस प्रमुख रामप्रसाद गुरागाईले बताए । निरन्तर तनाव बढेपछि शुरक्षाको माग गरेको प्रमुख गुरागाईले बताए । तोडफोड भएको २२ घण्टा पछि मात्रै प्रहरीले घटनाको स्थलगत अनुगमन गरेको थियो । पटक पटक शुरक्षा चुनौती जानकारी गराएपनि स्थानीय प्रशासनले भने वेवास्था गरेको कारण क्याम्पसमा प्रवेश गरेर स्वार्थ समुहले पटक पटक आतंक मच्चाउन थालेको नेपाल विद्यार्थी संघका क्याम्पस संयोजक वविन राईले बताए ।
    विद्यार्थीहरुले स्वार्थको कारण क्याम्पसमा तनाव सृर्जना गरेको आरोप लगाएका छन् । नेपाल विद्यार्थी संघका क्याम्पस संयोजक राईले नेकपाका स्थानीय नेताको स्वार्थको कारण विद्यार्थी र क्याम्पस प्रशासन मारमा परेको बताए ।
    क्याम्पस प्रशासनले विद्यार्थीका माग सम्बोधन नगरेकाले क्याम्पस प्रमुख, लेखामा लागेको ताला नखुलेको अनेरास्ववियुका सचिव विशाल कार्कीले बताए । उनले अराजक समूहले आन्दोलन तुहाउन तोडफोड गरेको आरोप लगाए ।
    यस अघि हिउदे विदामा क्याम्सप प्रमुख र सहायक क्याम्पस क्याम्पसको वेग्ला बेग्लै सूचना आएपछि अदालत पुगेको इलामको महेन्द्र रत्न बहुमुखी क्याम्पसको मुद्धामा उच्च अदालत विराटनगर इलाम इजलासले प्रमुखकै सूचना कार्यान्वायन गर्न आदेश दिएको थियो ।



    निगरानी    
  • २०७६ माघ १५, बुधबार ००:५४ गते
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP