कोरोना त्रास, सिमानामा नजर

कोरोना त्रास, सिमानामा नजर

इलाम नेपाल भारत साढे ५२ किलोमीटर खुल्ला सिमाना रहेको इलाममा भारतबाट लुकिछिपि आउने नागरिकको लेखाजोखा गर्न स्थानीय सरकारलाई पनि समस्या परेको छ ।
रोङ गाउँपालिकाले मात्रै भारतको उडिसा, चेन्नाई, बंलोर लगायतका क्षेत्रबाट आएका ८२ जनालाई विद्यालयमा क्वारेन्टाइन बनाएर राखेको छ । नाकामा जनप्रतिनिधि, स्थानीय र सूरक्षाकर्मीको निगरानी बढाइएको छ । वाड न ६ का वडा अध्यक्ष सुवास सेङ्बोले विदेश गएका नागरिकको परिवारसंग प्ररत्यक्ष सम्पकर्मा रहेर निगरानी गरिएको बताए । रोङमा मात्रै १२ किलोमिटर नेपाल भारत सिमाना पर्छ ।
इलाम जिल्लाको सबैभन्दा बढि भारतसंग सिमाना जोडीएको सूर्योदय नगरपालिकामा ७ जनालाई पशुपतिनगर स्थित क्वारेन्टाइनमा राखिएको स्वास्थ्य उपसमिति संयोजक पेमा उर्गेन लामाले बताए । उनले वडा स्तरीय समिति निर्माण गरेर विदेशबाट आउनेको निगरानी शुरु गरेको बताए । पशुपतिनगरमा तयार गरिएको १५ शैयाका क्बारेन्टाइन व्यवस्था गरिएको छ । सूर्योदयमा ७५ जना विदेबबाट आएका नागरिक रहेको नगरपालिकाले जनाएको छ । सूर्योदय नगरपालिकामा समाल्बुङ, अन्तु, पशुपतिनगर, मानेभञ्याङ लगायतका प्रशस्त नाकाहरु रहेका छन् । सन्दकपुर गाउँ पालिकाले पनि सिमानामा निगरानी बढाएको छ । स्थानीय र शुरक्षाकर्मीले त्यसको निगरानी गरिरहेको गाउँपालिकाका प्रवक्ता गिरीराज खनालले बताए । सन्दकपुर गाउँपालिकाले ५० वेर्ड क्षमताको क्वारेन्टाइन सथापना गरेको उनले जानकारी दिए ।
चिवाभञ्ज्याङ र पशुपतिनगर नाका बन्द भएपछि भारतबाट नेपाल प्रवेश गर्नेले तिम्बुङ पोखरी छेउबाट मानिसहरु ताप्लेजुङ प्रवेश गर्ने सम्भावना रहेको जनप्रतिनिधिहरु बताउँछन् ।
विदेशबाट गाउँ फर्किएका मानिसहरु घर परिवारसँग बसिरहेको मेरिङ्नेद गाउँपालिका–५ का वडाध्यक्ष जयबहादुर खड्काले सुनाए । ‘कामको सिलसिलामा भारत भएका ११ जना स्थानीयहरु चैत्र ९ गते गाउँ फर्किएर परिवारसँगै बसेका छन्,’ खड्काले भने । भारतबाट फर्किएकाको स्वास्थ्य परीक्षण गर्ने तयारी गरिरहेको गाउँपालिकाको स्वास्थ्य शाखाका एचए उदय यादवले बताए ।
आफूले परिवारसँग नबसी छुट्टै बस्न बारम्बार भनेपनि नमानेको उनको गुनासो छ । पछिल्लो एक हप्तामा आफ्नो गाउँपालिकामा १० जना मानिस बाहिरबाट आएको आठराई त्रिवेणी गाँउपालिकाका प्रमुख विश्वनाथ सिटौलाले बताए । स्वास्थ्यकर्मीका लागि व्यक्तिगत सुरक्षा सामग्री नहुँदा उनिहरुको परीक्षण गर्न समस्या रहेको सटौलाको भनाई छ । अन्नपुर्णबाट