logo
  • २०८३ जेष्ठ ११, सोमबार | Mon, 25 May 2026
  • सुचनाको हक कार्यान्वयनमा बृद्धि : राष्ट्रिय सुचना आयोग

    सुचनाको हक कार्यान्वयनमा बृद्धि : राष्ट्रिय सुचना आयोग


    इलाम , फागुन २२ ।
    लोकतन्त्रको मेरुदण्डको रुपमा सुचनाको हक रहेकाले यसको कार्यान्वयनमा स्थानीय तह र राष्ट्रसेवकहरु चनाखो हुनुपर्ने आज इलाममा आयोजित अन्तरक्रियाका सहभागिहरुले जोड दिएका छन् । स्थानीय तहका जनप्रतिनीधि , कर्मचारीहरु र समूहसँग सुचनाको हक सम्बन्धि अन्तरक्रियामा माइ नगरपालिकामा आयोजित कार्यक्रममा नागरिकले नमागीकनै सुचना प्रवाह गर्न कुनै कसुर बाँकी नराख्न सुझाव दिइएको थियो ।
    राष्ट्रिय सुचना आयोगका प्रमुख सुचना आयुक्त महेन्द्रमान गुरुड., माइ नगरपालिकाका प्रमुख दिपक कुमार थेवेले सुचना गलत नियतले माग्ने कार्यलाई निरुत्साहित गर्नुपर्ने र नागरिकको सुसुचित हुने हकको साथसाथै सम्मान गर्नुपर्ने बताउनुभयो । कार्यक्रममा आयोगका सचिव भागिरथ पाण्डेयले सुचनाको हकको संवैधानीक र कानुनी पक्ष र कार्यान्वयनको पक्षबारे जानकारी दिनुभयो । सुचनाको हक कार्यान्वयनमा बृद्धि भएको र २० बढि कार्यालयका प्रमुखलाई कारबाहि गरिएको जानकारी अन्तरक्रियामा दिइएको थियो ।
    अन्तरक्रियामा माइ नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत गणेश अधिकारी, आयोगका उपसचिव कपिल प्रसाद उपाध्याय , जनप्रतिनीधि राजेन्द्र कुमार धमला समेतले जिज्ञासा राख्नुभएको थियो ।



    निगरानी संवाददाता    
  • २०७८ फाल्गुन २२, आईतवार ११:२५ गते
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP