झापा , माघ २० । झापाको मेचीनगर–६, काँकडभिट्टास्थित एसएस फुटवेयर उद्योगमा भीषण आगलागी भएको छ ।मेचीनगर–६ का श्याम पिन्टुको सो जुत्ता उद्योगमा विद्युत् सर्ट भई लागेको आगो करीब पाँच घण्टा पछि नियन्त्रणमा आएको इलाका प्रहरी कार्यालय काँकडभिट्टाका प्रमुख डिएसपी सुनिलसिंह दाहालले जानकारी दिनुभएको छ ।
उद्योगभित्र रहेको जुत्ता बनाउने कच्चा पदार्थ, रेडिमेड जुत्ता, केमिकललगायतका सामान पूर्ण रुपमा नष्ट भएका छन् । भवनको चारै तिरको भाग पूर्णपमा जलेको छ । क्षतिको पूर्ण विवरण आई नसकेको भए पनि करोडौँको क्षति भएको अनुमान गरिएको छ ।
भारत र नेपालका दमकलहरूले आगो नियन्त्रण गर्ने प्रयास गरेका थिए ।
डिएसपी दाहालका अनुसार भारतका ३ तथा झापा र मोरङका १० वटा गरी १३ वटा दमकल परिचालन गरिएको थिया्े । आगो नियन्त्रणमा नेपाली सेना, जनपद, सशस्त्र प्रहरी र स्थानीयहरू बिहानदेखि नै खटिएका थिए ।
तस्वीर विष्णु श्रेष्ठ