logo
  • २०८१ मंसिर १९ | Wed, 04 Dec 2024
  • ‘इलाम साहित्य महोत्सव’ आजदेखि सुरु 

    ‘इलाम साहित्य महोत्सव’ आजदेखि सुरु 

    sharethis sharing button

    इलाम , चैत २६ । इलाममा आजदेखि ‘इलाम साहित्य महोत्सव’ सुरु भएको छ ।  पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले इलाम नगर साहित्य कला सङ्गीत प्रतिष्ठान र इलाम साहित्य समाजको संयुक्त आयोजनामा दुई दिन ‘इलाम साहित्य महोत्सव’को आयोजना गरिएको हो । 

    ‘पर्यटनका लागि साहित्य’ भन्ने नाराका साथ थालिएको  महोत्सवमा नेपाल र भारतका साहित्यकार, विश्लेषक, लेखक, कलाकारको सहभागिता रहेको छ । 

    इलाम सदरमुकामस्थित गौतम बुद्ध सभागृहमा भइरहेको महोत्सवमा साहित्यकार, कलाकार, विश्लेषक, चिन्तक, राजनीतिकर्मी लगायतलाई एकै थलोमा जमघट गराई बहस छलफल थालिएको छ । 

    कार्यक्रममा राजनीति, साहित्य, पर्यटन, चलचित्र, जस्ता विधामा बहस राखिएको छ भने विचार र कविता वाचन पनि महोत्सवको आकर्षणको रुपमा रहेको छ । १२ वटा विशेष विधामा कार्यक्रम राखिएको छ । 

    महोत्सवमा ‘अङ्क, अर्थ र अध्यात्म’ शीर्षकमा अर्थशास्त्री विश्व पौडेलको मुख्य सम्भाषण रहेको थियो ।  

    यस्तै, ‘राजनीतिमा एजेण्डा कि अनुहार’ विषयमा घनश्याम भुषाल, गुरुराज घिमिरे र खगेन्द्र सङ्ग्रौलासँगको बहसमा पत्रकार बसन्त बस्नेतले सहजीकरण गर्नुभएको छ ।  

    ‘कवितामा स्थानीय चेत’, ‘नेपालको पर्यटनमा पूर्वेली भाषा’, ‘कला र आदिवासी सौन्दर्य चेतना’ र ‘कस्तो चेतना’ विषयमा छलफल गर्ने कार्यतालिका बनाइएको छ । 

    दोस्रो दिन अर्थात् भोलिको कार्यक्रममा ‘लेखन सफल कि सार्थक’, ‘समावेशी लेखन र समकालीनता’, ‘महाभारादेखि टिष्टासम्म’, ‘मातृभाषा साहित्यमा शिल्प चेतना’, ‘फिक्सन डिजाइनर इन पोइट्री’, ‘जनआकाङ्क्षा, विकास र पर्यावरण’, ‘नारी पर्या–साहित्य र सत्ता’ र ‘पहिचानको सङ्घर्ष’ विषयमा छलफल हुने आयोजकले  जानकारी दिएको छ । 

    दोस्रो दिनको कार्यक्रममा कुमार नगरकोटीको कविता वाचन रहेको छ । 

    साहित्यका माध्यमबाट समेत पर्यटन विकास गर्न सकिन्छ भन्ने उद्देश्यका साथ महोत्सव आयोजना गरिएको इलाम नगर साहित्य कला सङ्गीत प्रतिष्ठानका अध्यक्ष प्रकाश थाम्सुहाङले बताउनुभयो । 

    महोत्सवमा क्यानभास क्लेवरा कार्यक्रम राखिएको छ । जसमा इलामस्थित चिया बारीमा चित्रकारहरूले लोपोन्मुख जन्तु रेडपाण्डाको चित्रकला बनाइरहेका छन् । लोपोन्मुख जन्तु रेडपाण्डाको संरक्षणमा चेतना जगाउन रेडपाण्डा सम्बन्धी चित्रकला राखिएको जनाइएको छ । चित्रकलाको लागि रेडपाण्डा संरक्षणको क्षेत्रमा काम गरिरहेको संस्था रेडपाण्डा नेटवर्कले सहकार्य गरेको जनाइएको छ । 

    सविता पाण्डे , रेडियो नेपाल अनलाइन बाट



    Avatar निगरानी    
  • २०७९ चैत्र २६, आईतवार १६:११
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP