logo
  • २०८२ असार २५ | Wed, 09 Jul 2025
  • चलचित्र ‘बादशाह जुट’को ट्रेलर सार्वजनिक

    चलचित्र ‘बादशाह जुट’को ट्रेलर सार्वजनिक

    काठमाडौं /चलचित्र ‘बादशाह जुट’को ट्रेलर सार्वजनिक गरिएको छ । कार्तिक १५ गतेदेखि प्रदर्शनमा आउने चलचित्रमा सुशील श्रेष्ठ र आमिर गौतम स्टारर सिनेमाको ट्रेलरमा एक्सन र कमेडी देख्न सकिन्छ ।

    चलचित्रलाई जोनी सिंह रानाले निर्देशन गरेका हुन् । यो चलचित्रमा सुशीलले पत्रकारको भूमिका निभाएको देख्न सकिन्छ भने आमिरले एक प्रहरी अफिसरको भूमिका निर्वाह गरेका छन् । ट्रेलरमा एक्सन र कमेडी दुवैको संयोजन छ ।

    यो चलचित्रमा रोविन तामाङ, रोशी खड्का, केइशा रावत, रश्मि पाण्डे, दीपक क्षेत्री, कमलमणि नेपाललगायतका कलाकारको समेत अभिनय छ ।

    अभिषेक शशी कुमारले लेखेको यो चलचित्रलाई उत्तम हुमागाईंले छायाँकन गरेका हुन् । यस्तै चलचित्रमा राजकुमार उप्रेतीको एक्सन, दिर्घ खड्काको सम्पादन, कृष्ण भारद्वाज, कोशिस क्षेत्री र मोहित मुनालको संगीत छ ।



    निगरानी    
  • २०७६ आश्विन १४, मंगलवार १०:४९
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP