‘इलाम राष्ट्रिय लोक नाटक महोत्सव ’ सातै प्रदेशको नाटक मञ्चन हुने (अडियो सहित )

‘इलाम राष्ट्रिय लोक नाटक महोत्सव ’  सातै प्रदेशको नाटक मञ्चन हुने  (अडियो सहित )

इलाममा माघ २६ गतेदेखि पाँच दिने ‘इलाम राष्ट्रिय लोक नाटक महोत्सव–२०७६’ हुने भएको छ । महोत्सवको सम्पुर्ण तयारी पुरा भएको आयोजकले जनाएको छ । साँस्कृतिक संस्थान (राष्ट्रिय नाचघर) काठमाण्डौले आयोजना गर्न लागेको छ भने स्थानीय रुपमा इलाम नगरपालिकाअन्र्तगतको साहित्य कला संगीत प्रतिष्ठान र चेतना नाट्य समूह सघाउदै छन । लोक नाटक , लोक संस्कृति लोभ हुदै गएकोले यसलाई संरक्षण गर्न महोत्सव आयोजना गरिएको साँस्कृतिक संस्थान राष्ट्रिय नाचघरका कार्यक्रम तथा योजना महाशाखाका महाप्रमुख प्र्रभाकार शर्माले बताउनु भयो । रङ्गमञ्चमा धेरै परिवर्तन र उत्तारचढाव आइसकेकोले प्रयोगको नाममा नेपाली परम्परका संस्कृति हराउदै जाने भएकाले पनि लोक नाटक महोत्सवको आवश्यकता रहेको बताउनु भयो । पूर्वीय र पश्चिमी दुवै शैलीबाट नाटकहरु गरीरहदा पश्चिमी शैलीको बढी प्रभाव रहेकाले नेपाली लोक नाटकहरु ओझेलमा पर्ने भएकाले संरक्षण गर्न शर्माले जोड दिनु भयो । लोक नाटकमा सातै वटा प्रदेशको संस्कृति प्रस्तुत हुने बताउनु भयो ।

साँस्कृतिक संस्थान राष्ट्रिय नाचघरका कार्यक्रम तथा योजना महाशाखाका महाप्रमुख प्र्रभाकार शर्मा

भ्रमण वर्ष २०२० लार्ई लक्षित गरी नाटकलाई पर्यटन सँग जोडन खोजेको साहित्य कला संगीत प्रतिष्ठान इलामको अध्यक्ष टिका घिमिरेले बताउनु भयो । महोत्सवमा सहभागीहरुले इलामको पर्यटकीय स्थानको बारेमा जानकारी पाउने भएकोले इलामको प्रचार समेत हुने घिमिरेले बताउनु भयो ।

साहित्य कला संगीत प्रतिष्ठान इलामको अध्यक्ष टिका घिमिरे

महोत्सवमा चार हजार बढीले अवलोकन गर्ने आयोजकको अपेक्षा छ । नाटक महोत्सवमा ७ वटै प्रदेशको एक एक वटा नाटक मञ्चन हुनेछ ।संस्थानले सबै प्रदेशबाट प्रतिनिधित्व रहनेगरी नाटक छनौट गरीसकेको छ भने सहआयोजक चेतना नाट्य समुहले पनि एउटा नाटक प्रस्तुत गर्ने भएको छ । प्रदेश १ बाट ‘सुम्निमा–पारुहाङ’, २ बाट ‘कनन हरलता’, ३ बाट ‘राजकुमारको मल्ल युद्ध’, ४ बाट ‘नमबुद्ध’, ५ बाट ‘कजरी’ ६ बाट मेरो छैंठी’ र प्रदेश ७ बाट ‘लेली सञ्जा’ नाटक मञ्चन गरिने निश्चय भइसकेको छ । इलाममा रहेको चेतना नाट्य समुहले पनि एउटा नाटक प्रस्तुत गर्ने तयारी भएको छ । नाटक सम्बन्धी क्रियाकलाप खासै आयोजना नहुने भएकाले नाटक महोत्सवले मोफसलमा बसेर नाट्य क्षेत्रमा लाग्नेलाई थप प्रेरणा मिल्ने नाट्यकमी सुरेश पोर्तेलले बताउनु भयो । नाटकमा लाग्दै गरेकाहरुका लागि महोत्बस बाट धेरै कुराहरु सिक्न सक्ने उहाँको अपेक्षा छ । यो सँगै युवा पुस्ताले नेपाली लोक परम्परा संस्कृतिको बारेमा जानकारी पाउने पोर्तेलले बताउनु भयो ।

नाट्यकमी सुरेश पोर्तेल






महोत्सवको लागी आयोजकले तीव्र रुपमा तयारी गरीरहेको जनाएको छ । महोत्सवालाई व्यवस्थित गर्न विभिन्न उपसमितिहरु निमार्ण गरिएको छ ।