इलाम भाद्र १७ :पुर्वको पहाडी जिल्लाहरुमा संस्कृतिको रुपमा मनाइदै आएको रोपाइजात्रा इलामबासीले आइतबार मनाएका छन । रोपाइजात्रा इलामेलिहरुले हरेक वर्ष ठूलो पर्वको रुपमा मनाउने गरेका छन् । असारे भाका र पञ्चेबाजाको धुनसहितको जात्राले इलाम सदकुमामको चोकचोक परिकर्मा लगाएको थियो । गोरु हलि साथमा बाहुसे र विभिन्न जातीय पहिरनमा सजिएका रोपाहारहरुको रोपाइ अभिनयले दर्शकहरु रमाईरहेका थिए ।
जात्रा हेर्न आउने सर्वसाधरणको भीड लागेको थियो । बालक देखि वृद्ध सबै उमेर समुहका दर्शक जात्रामा रमाईरहेका थिए । वर्षाको थकाई मेटाउन जिल्लाबासीले जात्रालाई उत्सवको रुपमा लिने गरेका छन । मौलिक संस्कृतिको जर्गेना गर्र्ने उदेश्य सहित नेपालभाषा तथा संस्कृति समाजले जात्राको आयोजना गरेको हो । १९७२ सालदेखि इलाममा रोपाई जात्रा सुरु भएको र पुस्ताहतान्तरण हुदै जादा इतिहासलाई जोगाई राख्न लागिरहेको नेपालभाषा तथा संस्कृति समाजका अध्यक्ष प्रविण श्रेष्ठले बताउनु भयो । एउटा जातिको मात्रै पर्व नभएकोले सबै जातजातीलाई समेटेर मौलिख संस्कृति जर्गेना गर्न जात्राको आयोजना गरिको श्रेष्ठले बताउनु भयो ।
वन काइला काईलीको झाकी निकालिएको छ । करीब ३० वर्ष पछि गत वर्ष देखि वन काइला वन काइलीको झाकीलाई निरन्तरता दिइएको समाजले जनाएको छ । जात्रामा लाखे ,मुंग्रे , सिल्भर म्यानको रुपमा सिंगारेर झाकी निकालिएको छ । इलाममा नेवारहरुको बसोबारस सुरु भएसगै रोपाइजात्रालाई पर्वको रुपमामनाउनथालिएको र सबैजाती मिलेर उत्सवको रुपमा मनाउने गरेको महेन्द्र रत्न बहुमुखी क्याम्पसका पुर्व प्राध्यापक युद्ध प्रसाद बैद्य बताउनु हुन्छ । रापाई जात्राको सकिएपछि इलाम चोक बजारमा लिम्बु जातीहरुको धान नाच नाचिएको छ । यो नाचमा पनि सबै जातजातिको सहभागिता रहेको थियो ।
इलाम सदमुकाम सहित जिल्लाको मगलबारे बजार , नाम्सालिङ्गको शुक्रबारे बजार र दानाबारी , फिक्कल बजारमा रोपाइ जात्रा मनाइदै आएको छ ।