गुम्बा निर्माण सहयोगार्थ इलामको करफोकमा नेपथ्य ब्यान्डको प्रस्तुति

गुम्बा निर्माण सहयोगार्थ इलामको करफोकमा नेपथ्य ब्यान्डको प्रस्तुति


सविता पाण्डे , इलाम फागुन ८ : गुम्बा निर्माणको लागि  सहयोग पुर्याउन नेपथ्य ब्यान्डले इलाममा   साङ्गितिक प्रस्तुति दिने भएको छ । साङ्गीतिक प्रस्तुतिका लागि आगामी  चैत्र ३ गते नेपथ्य इलाम आउने आयोजकले जनाएको छ ।
इलाम नगरपालिका ६ मा निर्माणाधीन न्यूपी थर्पा छोलिङ्ग गुम्बाको लागि कार्यक्रम तय गरिएको हरि गुरुङले जानकारी दिनु भयो । सुर्योदय नगरपालिका १२ मा रहेको करफोक माविको खेल मैदानमा गर्ने निश्चित भएको छ ।
कार्यक्रमको लागि प्रती ब्यक्ति ११ सय शुल्क तिर्नु पर्छ । आयोजकले टिकट बिक्री सुरु गरेको छ ।
गुम्बा निर्माण सम्पन्न भए  धार्मिक पर्यटन प्रवर्द्धनमा सघाउ पुग्ने अपेक्षा रहेको निर्माण समितिले जनाएको छ ।
एक रोपनी क्षेत्रफलमा धार्मिक पाठशाला सहितको  गुम्बा निर्माण थालिएको छ ।