logo
  • २०८१ माघ ९ | Wed, 22 Jan 2025
  • यस वर्ष कुकुर तिहार र लक्ष्मीपूजा एकैदिन, गोवर्द्धन पूजा टीकाको दिन, नेपाल संवत पनि सर्यो

    यस वर्ष कुकुर तिहार र लक्ष्मीपूजा एकैदिन, गोवर्द्धन पूजा टीकाको दिन, नेपाल संवत पनि सर्यो

    काठमाडौं । यस वर्षको तिहारको कुकुर तिहार र लक्ष्मी पूजा एकै दिन परेको छ । साथै यस वर्ष गोवद्र्धन पूजा समेत भाइटीकाकै दिन परेको नेपाल पञ्चांग निर्णायक समितिले जनाएको छ । सोमबार एक प्रेस विज्ञप्ति जारी गरी समितिले कात्तिक १० गते आइतबार कुकुर तिहार र लक्ष्मीपूजा परेको जानकारी दिएको हो ।

    कात्तिक ८ गते शुक्रबारदेखि सुरु हुने तिहारको पहिलो दिन यमदीपदान, कात्तिक ९ गते शनिबार कागतिहार पर्ने सदस्य सचिव सूर्यप्रसाद ढुंगेलले हस्ताक्षर गरी जारी गरेको विज्ञप्तिमा उल्लेख छ । हरेकजसो तिहारमा गाईपूजा र लक्ष्मीपूजा एकै दिन पर्ने भए पनि यो वर्ष भने लक्ष्मीपूजा कुकुर तिहारको दिन परेको छ र गाइपूजा त्यसको भोलिपल्ट सोमबार परेको छ ।

    कात्तिक ११ गते गाईगोरु पूजा, म्हपूजा पर्ने भनिएको छ । तर नेपाल सम्वतको प्रारम्भ भने कात्तिक १२ गतेमात्र हुनेछ । म्ह पूजाको दिन नै नेपाल सम्वत प्रारम्भ हुने भए पनि यस वर्ष भने म्हः पूजाको भोलिपल्टदेखि नेपाल सम्वतको नयाँ वर्ष ११४० प्रारम्भ हुनेछ । भाइटीका कात्तिक १२ गते पर्ने र शुभसाइत दिनको ११ः५५ मा रहेको समितिका सदस्य सचिव ढुंगेलले जानकारी दिएका छन् ।



    निगरानी    
  • २०७६ कार्तिक ४, सोमबार ११:०८
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP