श्रीकृष्ण प्रणामी युवा परिषद नेपालको ३२ औ वार्षिकोत्सबमा इलाममा विविध कार्यक्रम (फोटो फिचर )

श्रीकृष्ण प्रणामी युवा परिषद नेपालको ३२ औ  वार्षिकोत्सबमा इलाममा विविध कार्यक्रम (फोटो फिचर )

इलाम ।
श्रीकृष्ण प्रणामी युवा परिषद नेपालको ३२ औ  वार्षिकोत्सबको अवसरमा इलाममा विविध कार्यक्रम सम्पन्न भएको छ ।  परिषदको इलाम जिल्ला कार्यसमितिको आयोजनामा सुर्योदय नगरपालिका १० मा रहेको श्रीकृष्ण प्रणामी मन्दिर आरुबोटे र  फिक्कल मन्दिर सरसफाइ र दीप प्रज्वलन कार्यक्रम सप्पन्न भएको  जनाएको छ । यसै बिच प्राणनाथ भवन मलिममा सत्सङ तथा दीप प्रज्वलन सप्पन्न भएको परिषले जनाएको छ ।

युवा परिषद इलाम जिल्ला अध्यक्ष  शेखर भट्टराईको अध्यक्षतामा भएको कार्यक्रममा युवा परिषद केन्द्रीय सदस्य राजु कट्टेल , प्रदेश १ उपाध्यक्ष खगेन्द्र बास्तोला ,श्रीकृष्ण प्रणामी मन्दिर आरुबोटेका अध्यक्ष प्रेम कट्टेल , श्री प्राणनाथ सत्सङ भवनका अध्यक्ष  अशोक राई , लगायत युवा परिषद आबद्ध सदस्य तथा श्री कृष्ण प्रणाली सम्प्रदायमा आबद्ध ब्यक्तिहरुको उपस्थिति रहेको थियो । युवावर्गमा आध्यात्मीक एवम् सामाजिक भावनाको विकास गराउदै २०४७  सालमा गठन भएको परिषदका इलाम जिल्ला अध्यक्ष शेखर भट्टराईले बताउनु भयो । “दुर्व्यसन त्यागौ सेवामुखी बनौ” भन्ने मुल नारा सहित परिषदले विभिन्न सामाजिक तथा धार्मिक गतिविधि गर्दै आइरहेको छ । रक्तदान , न्यानो कपडा बितरण , धार्मिक स्थलमा सोलार बत्ति जडान , स्टेचर बितरण , दुर्व्यसन विरुद्ध सचेतता मुलक कार्यक्रम गर्दै आइरहेको छ ।