गढीमाई मेलामा बलि दिएको निर्दोष पशुपन्छिको आत्मा शान्तिको कामना गर्दै शुक्रबार साँझ सुर्योदय नगरपालिकाको फिक्कलमा श्रद्धाञ्जली सभा तथा दिप प्रज्वलन गरिएको छ । बाराको गढीमाई मन्दिरमा गत मंसीर पहिलो साता लागेको मोलामा निर्दोष पशुलाई बलिदिदा प्राणीको बाच्न पाउने अधिकार हनन भएको भन्दै श्रीकृष्ण प्रणामी युवा परिषद जिल्ला समिति इलामले श्रद्धाञ्जली सभा आयोजना गरेको हो । बलि चडाईएका प्राणीको आत्मा शान्तिको कामना गर्दै श्रीकृष्ण प्रणामी सम्पदायमा आवद्ध श्रीकृष्ण प्रणामी युवा परिषद सेवा समिती ,बाइजुराज समिती तथा विभिन्न मन्दिर समिती र युवाहरुको सक्रियतामा देशभर श्रद्धाञ्जली तथा दिप प्रज्वलन गरिएको हो । देशभरका सबै जिल्लामा एक साथ शुक्रबार साझ ५ बजे कार्यक्रम आयोजना गरिएको श्रीकृष्ण प्रणामी युवा परिषद इलामका अध्यक्ष शेखर भट्टराईले बताउनु भयो ।
सबै प्राणीकोे बाच्न पाउने अधिकार भएकोले प्राणीको अधिकारको रक्षा गर्दै गडिमाईमा हजारौं जनावार ,पशुपन्छीको बलि दिनु गलत भएको कार्यक्रका सहभागीले बताएका छ्न । सभामा श्रीकृष्ण प्रणामी मन्दिर फिक्कलका सचीव मिलन राई , प्रणामी मन्दिर आरुबोटेका अध्यक्ष राजकुमार कट्टेल , श्रीकृष्ण प्रणामी युवा परिषद इलामका अध्यक्ष शेखर भट्टराई लगाइतले धारणा राख्नु भएको थियो ।