logo
  • २०८१ चैत्र १४ | Thu, 27 Mar 2025
  • इलाम नगरपालिका ६ स्थित श्री पञ्चेश्वर शिव लिङ्गमा साउनको पहिलो सोमबार देखि जल चढाउन सुरु

    इलाम नगरपालिका ६ स्थित श्री पञ्चेश्वर शिव लिङ्गमा साउनको पहिलो सोमबार देखि जल चढाउन सुरु

    इलाम : इलाम नगरपालिका वाड नं. ६ (साविक–८) मा अवस्थित श्री सिंह सिद्धदेवी तथा देवी पञ्चायन मन्दिर परिसरमा जल चढाउ थालिएको छ । श्री पञ्चेश्वर शिव लिङ्गमा साउन १ गते सोमबार पवित्र माईभगवतीको जल माइभगवतीबाट ल्याई उक्त शिव लिङ्गमा चढाउन विधिगत रुपमा सुरु गरिएको मन्दिर समितिले जनाएको छ । साउन महिना भर उक्त स्थान गई श्री पञ्चेश्वर शिव लिङ्गको दर्शन गर्नु र जल चढाउन सकिने जनाएको छ । स्व. अजित कुमार बुढाथोकी एवं समस्त बुढाथोकी परिवारको पित्रीहरुको उद्दार एवं स्मृतिमा निर्मला बुढाथोकीले श्री पञ्चेश्वर शिव लिङ्ग निर्माण गरि गत बर्ष मन्दिर व्यवस्थापन समितिलाई हस्तान्त्तरण गर्नु भएको हो ।
    सौरमास अनुसार साउनको पहिलो सोमबार देशभरका शिवालयहरूमा भक्तजनको भीड लाग्यो ।हिन्दु धर्मालम्वीहरुले साउन महिना र सोमबारलाई भगवान् शिवको बारका रूपमा मान्ने चलन छ । यस दिन शिवजीको पूजा आराधना एवम् दर्शन गर्नाले मनोकामना पूरा हुन्छ भन्ने धार्मिक विश्वास छ ।साउनको सोमबार शिवलाई शुद्ध जल चढाएर खुसी बनाउन सकिन्छ भन्ने शास्त्रीय मान्यता छ ।



    निगरानी संवाददाता    
  • २०८० श्रावण २, मंगलवार ०२:१८
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP