वृद्ध आमालाई करणी गर्ने छोरा पक्राउ

इलाम : जन्मदिने आमालाई वलात्कार गरेर फरार भएका इलामका एक युवालाई प्रहरीले मंगलबार राती पक्राउ गरेको छ ।
भदौ ७ गते राति ६३ बर्षिय आफ्नै वृद्ध आमालाई बलात्कार गरेर भागेका २३ बर्षका युवा विरुद्ध किटानी जाहेरी परेपछि खोजतलासको क्रममा उनी पक्राउ परेको प्रहरी नायव उपरिक्षक लालध्वज सुवेदीले जानकारी दिए ।
अभियुक्तलाई गए राति इलाम नगरपालिका –५ तोरीबारीबाट पक्राउ गरेको प्रहरीको भनाई छ । जिल्ला प्रहरी कार्यालय इलामबाट खटिएको प्रहरी निरीक्षक नविन राईको टोलिले उनलाई पक्राउ गरेर अनुसन्धन शुरु गरेको सुवेदीले जानकारी दिए ।