logo
  • २०८२ जेष्ठ ३ | Fri, 16 May 2025
  • जेठ ४ गते मृत्यु भएका बाराका एक पुरुषमा कोरोना संक्रमण भएको पुष्ठि

    जेठ ४ गते मृत्यु  भएका  बाराका एक पुरुषमा कोरोना संक्रमण भएको पुष्ठि

    वीरगञ्जस्थित नेशनल मेडिकल कलेजमा मृत्यु भएका एक जना पुरुषमा कोरोना संक्रमण देखिएको छ।

    मेडिकल कलेजमा गत ४ जेठमा निधन भएका कलैया ७ बाराका ७० वर्षीय बृद्धमा कोरोना रिपोर्ट पोजेटिभ आएको हो। त्यसको थप पुष्टिका लागि अस्पतालले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा नमुना पठाइएको थियो। जनस्वास्थ्य प्रयोगशालामा समेत उनको रिर्पोट पोजिटिभ आएको थियो।

    मृत्यु भएका ती पुरुषको दाहसंस्कार समेत भइसकेको छ।

    स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले ती पुरुषमा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको जानकारी दिए। स्वास्थ्यमा समस्या आएपछि उनलाई जेठ २ गते अस्पतालमा भर्ना गरिएको थियो।

    स्वासप्रस्वासको समस्या देखिएको भन्दै सोही दिन अस्पतालले स्वाब झिकेर परीक्षणका लागि वीरगञ्जस्थित नारायणी अस्पतालमा पठाएको थियो।

    उनलाई भेन्टिलेरसहितको आइसियुमा भर्ना गरिएको थियो। उनको जेठ ४ गते मृत्यु भएपछि परिवारले अन्तिम संस्कार समेत गरिसकेको बताइएको छ।

    योसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ४ पुगेको छ। यसअघि, सिन्धुपाल्चोकी एक महिला, बाँके नरैनापुरका एक पुरुष र गुल्मीका एक पुरुषको पनि कोरोनाकै कारण मृत्यु भएको थियो।



    निगरानी डेक्स    
  • २०७७ जेष्ठ १२, सोमबार ११:०१
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP