इलामः जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले गरिव रहित नेपाल निमार्णको मुख्य ध्येय प्राप्तिको लागि विपन्न परिवारलाई लक्षित वित्तय र सामाजिक उत्तरदायीत्वका कामलाई अघि बढाएको जनाएको छ ।
इलामको सूर्योदयमा सेवा क्षेत्रका केन्द्र प्रमुखहरुको गोष्ठी तथा वित्तिय साक्षरता कार्यक्रमलाई सम्बोधन गर्दै संस्थाका प्रमुख कार्यकारी अधिकृत संजयकुमार मण्डलले आर्थिक असमानतालाई न्युनिकरण गर्दै शहरमा उपलब्ध हुने सुविधाहरु ग्रामिण क्षेत्रसम्म विस्तार गर्ने अभिप्रायले संस्थाले वित्तीय सेवाहरु संगै शिक्षा स्वास्थ्य, कृषि उर्जा, रोजगारीको क्षेत्रमा काम गरिरहेको बताए ।
सस्थाले वचत, ऋण, वीमा तथा रेमिटान्स लगायतका सेवाहरु ग्रामीण जनताको घर घरमा पु¥याइ रहेको दावी गरे । उनले भने ‘जनताको घरमा सेवा पु¥याउदा जनशक्ति बढि लाग्ने भएकाले बैंक भन्दा बढि कर्जामा व्याज रहेपनि अहिलेको अवस्थामा वाणिज्य बैंकहरुको हाराहारीमा मात्रै कर्जाको व्याज रहेको अवस्था छ ।’
कार्यक्रममा बोल्दै सूर्योदय नगरपालिका वाड न ११ का वडा अध्यक्ष सन्तोष राईले सस्थाको सेवा जनमुखी हुनु पर्ने बताए । उनले चर्को व्याजदरका कारण लघुवित्त सस्था बद्नाम हुदै गएको भन्दै समयानुकुल सुधार गर्न सुझाव दिए ।
सूर्योदय नगरपालिका वाड ६ का वडा अध्यक्ष सिवकुमार बस्नेतले लघुविक्त सस्थाहरुले नागरिकको जिवन स्तर उकास्न सहयोगीको भुमिका निर्वाह गर्नुपर्ने बताए ।
सूर्योदय नगरपालिका वाड न ८ का वडा सदश्य पदम गिरीले सस्थाका कतिपय कार्यक्रम रचनात्मक रहेकाले कृषक स्तरमा पु¥याउनु पर्ने बताए ।
कार्यक्रममा विरेन्द्र माध्यमिक विद्यालयका प्रधान अध्यापक दलबहादुर सापकोटा, संस्थाको केन्द्र प्रमुख धर्मकला दहाल,इन्दिरा देवि विश्वकर्म, थ्रि जिरो क्लवका संयोजक अभ्यास प्रधानले उदेश्यमा मात्रै कर्जा लिएर उद्यम, व्यवसाय गरे सदश्यहरुको आर्थिक अवस्था सुधार हुने बताए ।
सस्थाको आइतबारे शाखाले आयोजना गरेको कार्यक्रममा पाँच जना विपन्न विद्यार्थीलाई शैक्षिक सामग्री प्रदान गरेको आइतबारे शाखाका प्रमुख वेचन केवटले जानकारी दिए । उनले शैक्षिक सामग्री पाउने विद्यार्थीहरुलाई एक बर्ष सम्म संस्थाले विद्यार्थीहरुको् शैक्षिक विकासको लागि आवश्यक सहयोग गरिरहने बताए । ससथाको अन्तु शाखाले शुक्रबार अन्तुका विपन्न विद्यार्थीलाई शैक्षिक सामग्री प्रदान गरेको थियो ।
कार्यक्रममा सस्थाको आइतबारे शाखाका १२१ केन्द्र मध्ये ५ वटा उत्कृष्ट शाखालाई पुरस्कृत गरिएको थियो । सो अवसरमा तीन उत्कृष्ट वचतकर्ता, तीन उत्कृष्ट उद्यमी, तीन उत्कृष्ट ऋणी र तीन उत्कृष्ट डिजिटल सेवा प्रदायकलाई पुरस्कृत गरिएको संस्थाका जिल्ला प्रमुख राजेश कुमार शाहले जानकारी दिए ।
संस्थाकी तालिम विभाग प्रमुख रञ्जना निरौलाका अनुसार संस्थामा कोशी, मधेश र वागमती प्रदेशका २ लाख ९६ हजार सदश्य आवद्ध छन् । संस्थाले २३ अर्ब हाराहारी कर्जा लगानी गरेको छ भने बचत १० अर्ब संकलन गरेको छ । इलाममा ९ वटा शाखा मार्फत सेवा प्रदान गरिरहेको संस्थाले जनाएको छ ।
नगद रहित बैंकिंग सेवाको विकास र प्रबर्धनका लागि वित्तीय संस्थाले सदस्यहरुलाई डिजिटल कारोबार तर्फ उत्प्रेरित गर्दै ग्रामिण क्षेत्रमा सरल र सहज ढंगले वित्तीय सेवा विस्तार गरिरहेको निरौलाले जानकारी दिइन् । उनले भनिन् ‘हाम्रो सेवाहरु प्रयोग गरेर सेवा लिन हामी सदश्यहरुलाई प्रेरीत गरिरहेका छौ ।’