चीनका राष्ट्रपति सी जिनपिङको बहुप्रतीक्षित नेपालको राजकीय भ्रमण यसै महिना हुने 

चीनका राष्ट्रपति सी जिनपिङको बहुप्रतीक्षित नेपालको राजकीय भ्रमण यसै महिना हुने 

मित्रराष्ट्र चीनका राष्ट्रपति सी जिनपिङको बहुप्रतीक्षित नेपालको राजकीय भ्रमण यसै महिना हुने भएको छ । भ्रमणको औपचारिक मिति भने दुवै देशको कूटनीतिक तहको सहमतिमा चाँडै सार्वजनिक हुने जनाइएको छ ।

राष्ट्रपति सीको नेपाल भ्रमण नजिकिँदै गर्दा सरकार र सम्बन्धित निकायको सक्रियता तीव्र बनेको छ । चीन समृद्ध राष्ट्र बन्ने मार्ग्तिर अग्रसर रहँदै गर्दा नेपालमा हुन लागेको राष्ट्रपतिको भ्रमणलाई कूटनीतिक जगत्मा सर्वा्धिक महत्त्वका साथ हेरिएको छ ।

भव्य स्वागतको तयारी
नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता एवं पूर्वपरराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेले भने, “चीन र नेपाल भरपर्दा छिमेकी मात्र हैनन्, पारस्परिक हितमा काम गर्ने मित्रराष्ट्र पनि हुन् । चीनका राष्ट्रपति नेपाल आउँदा उहाँको स्वागतमा कुनै कमी नआउने गरी व्यवस्थित र भव्य स्वागत गर्नुपर्छ । ”

नेता पाण्डेका अनुसार घनिष्ठ, ऐतिहासिक कालदेखि सहयोगी, समान दृष्टिकोण, भौगोलिक अवस्थामा जोडिएको नेपाल र चीनको सम्बन्ध प्रगाढ पार्न भ्रमणले महत्त्वपूर्ण भूमिका खेल्ने वातावरण सिर्जना गर्नुपर्छ । 

दुई देशको दुईपक्षीय सम्बन्धलाई दूरगामी ढङ्गबाट सोचेर नेपालको अर्थतन्त्र र समृद्धिलाई योगदान पु¥याउने किसिमले नेपालले तयारी गर्नुपर्ने सुझाव उहाँले दिनुभयो । चीनको अखण्डता, स्वाधीनतालाई ख्याल गरी विश्वास जित्ने गरी भ्रमणलाई मर्या्दित र अपनत्वपूर्ण बनाउनुपर्ने सुझाव पाण्डेको छ । यो समाचार आजको गोरखापत्र दैनिकमा चाँदनी हमालले लेखेकी छिन् ।