logo
  • २०८३ बैशाख ४, शुक्रबार | Fri, 17 Apr 2026
  • चीनका राष्ट्रपति सी जिनपिङको बहुप्रतीक्षित नेपालको राजकीय भ्रमण यसै महिना हुने 

    • निगरानी
    • २०७६ आश्विन १७, शुक्रबार ०२:२४ गते
    चीनका राष्ट्रपति सी जिनपिङको बहुप्रतीक्षित नेपालको राजकीय भ्रमण यसै महिना हुने 

    मित्रराष्ट्र चीनका राष्ट्रपति सी जिनपिङको बहुप्रतीक्षित नेपालको राजकीय भ्रमण यसै महिना हुने भएको छ । भ्रमणको औपचारिक मिति भने दुवै देशको कूटनीतिक तहको सहमतिमा चाँडै सार्वजनिक हुने जनाइएको छ ।

    राष्ट्रपति सीको नेपाल भ्रमण नजिकिँदै गर्दा सरकार र सम्बन्धित निकायको सक्रियता तीव्र बनेको छ । चीन समृद्ध राष्ट्र बन्ने मार्ग्तिर अग्रसर रहँदै गर्दा नेपालमा हुन लागेको राष्ट्रपतिको भ्रमणलाई कूटनीतिक जगत्मा सर्वा्धिक महत्त्वका साथ हेरिएको छ ।

    भव्य स्वागतको तयारी
    नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता एवं पूर्वपरराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेले भने, “चीन र नेपाल भरपर्दा छिमेकी मात्र हैनन्, पारस्परिक हितमा काम गर्ने मित्रराष्ट्र पनि हुन् । चीनका राष्ट्रपति नेपाल आउँदा उहाँको स्वागतमा कुनै कमी नआउने गरी व्यवस्थित र भव्य स्वागत गर्नुपर्छ । ”

    नेता पाण्डेका अनुसार घनिष्ठ, ऐतिहासिक कालदेखि सहयोगी, समान दृष्टिकोण, भौगोलिक अवस्थामा जोडिएको नेपाल र चीनको सम्बन्ध प्रगाढ पार्न भ्रमणले महत्त्वपूर्ण भूमिका खेल्ने वातावरण सिर्जना गर्नुपर्छ । 

    दुई देशको दुईपक्षीय सम्बन्धलाई दूरगामी ढङ्गबाट सोचेर नेपालको अर्थतन्त्र र समृद्धिलाई योगदान पु¥याउने किसिमले नेपालले तयारी गर्नुपर्ने सुझाव उहाँले दिनुभयो । चीनको अखण्डता, स्वाधीनतालाई ख्याल गरी विश्वास जित्ने गरी भ्रमणलाई मर्या्दित र अपनत्वपूर्ण बनाउनुपर्ने सुझाव पाण्डेको छ । यो समाचार आजको गोरखापत्र दैनिकमा चाँदनी हमालले लेखेकी छिन् । 



    निगरानी    
  • २०७६ आश्विन १७, शुक्रबार ०२:२४ गते
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP