logo
  • २०८२ जेष्ठ ३ | Fri, 16 May 2025
  • विश्व वातावरण दिवसमा वृक्षरोपण

    विश्व वातावरण दिवसमा वृक्षरोपण


    इलाम:‘हाम्रो भूमि, हाम्रो भविष्य’ भन्ने मूल नारासाथ आज विश्व वातावरण दिवस मनाइँदै छ । इलामका स्थानिय तहले पनि दिवसको अवसरमा विविध कार्यक्रम आयोजना गरेका छन् ।
    इलाम नगरपालिकाले बुधबार विहान इलाम चिया वगान आसपास वृक्षरोपण गरेको छ ।
    सत्य साई केन्द्र र हरित नगर महिला समूहको सहआयोजनामा भएको कार्यक्रममा नेपाल प्रहरी , शस्त्र प्रहरी , नेपाली सेना सहित सरकारी कार्यालयका प्रतिनिधि, वातावरण क्षेत्रमा कामगर्ने संघसंस्थाका प्रतिनिधिको उपस्थिति रहेको थियोे ।
    वृक्षरोपण कार्यक्रम पछि इलाम नगरपालिकाका मेयर केदार थापाले मानवीय कृयाकलापले नै वातावरण संकटमा परेकाले संरक्षणमा पनि सरकार र समूदाय लाग्नु पर्ने बताए ।
    उपमयर विष्णु दहालले नगरपालिकाले वातावरणा संरक्षण र जैविक कृषिमा काम गरिरहेको बताइन् ।
    ‘हाम्रो भूमि’ अर्थात् पृथ्वीलाई स्वच्छ र सुरक्षित राखे मात्रै सबैको भविष्य सुरक्षित हुने सन्देश यो वर्षको नाराले दिन खोजेको छ ।
    दिवसका अवसरमा संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले विश्वभरका मानिसद्वारा सिर्जित विविध समस्याले पारेको असर न्युनिकरण गर्दै वातावरण संरक्षणका लागि गरेको प्रतिबद्धता पूरा गर्नुपर्नेमा जोड दिदै एक सन्देश जारी गरेका छन्ग ।
    गुटेसरले भनेका छन्, ‘मानवता भूमिमा निर्भर छ, तैपनि संसारभरि प्रदूषणको विषाक्तता, जलवायु परिवर्तनको अराजकता र जैविक विविधताको विनाशले स्वस्थ भूमिलाई मरुभूमिमा परिणत गर्दै छ र समृद्ध पारिस्थितिक प्रणालीलाई मृत क्षेत्रमा परिणत गर्दै छ ।’

    दिगो विकासको लक्ष्य भेट्न सन् २०३० सम्ममा वन फँडानीलाई रोक्ने आ–आफ्नो नयाँ राष्ट्रिय जलवायु कार्य योजना प्रयोग गर्न पनि सुझाव दिए ।

    विश्वव्यापीरूपमा भइरहेको जलवायु परिवर्तनको नकारात्मक असर र क्षतिका लागि हाम्रो भूमिका नगण्य भए तापनि नेपालले क्लाइमेट चेन्जको असर भोग्दै आएको छ । संघ, प्रदेश र स्थानीय सरकारको साथै निजी क्षेत्र, नागरिक समाज, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ संस्थालगायत सबै सरोकारवालाहरूको सामूहिक प्रयासबाट मात्र वातावरण क्षेत्रका चुनौतीहरूलाई सामना गर्न सम्भव छ । यस सन्दर्भमा, दिगो विकास, वातावरणमैत्री तथा हरित विकास र समृद्धिलाई तीनै तहका नीति तथा कार्यक्रममा प्राथमिकता दिन जरूरी रहेको विज्ञहरू बताउँछन् ।



    निगरानी    
  • २०८१ जेष्ठ २३, बुधबार ०३:५७
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP