logo
  • २०८२ जेष्ठ ३ | Fri, 16 May 2025
  • प्रहरी महानिरीक्षक खनाल स्वदेश फिर्ता

    प्रहरी महानिरीक्षक खनाल स्वदेश फिर्ता

    काठमाडौँ । हरी महानिरीक्षक सर्वेन्द्र खनाल स्वदेश फिर्ता भएका छन् ।चिलिको सान्टियागोमा गत असोज २८ देखि यही कात्तिक १ गतेसम्म सञ्चालन भएको अन्तर्राष्ट्रिय प्रहरी सङ्गठन (इन्टरपोल) को ८८ औँ महासभामा भाग लिएर शुक्रबार राति स्वदेश फर्किएका हुन् ।

    एनसिवी नेपालका प्रमुखसमेत रहेका महानिरीक्षक खनाल इन्टरपोलको महासभामा भाग लिन गत असोज २६ गते राति चिलि प्रस्थान गरेका थिए ।

    महासभामा भाग लिन उनीसँगै प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्युरोका प्रमुख प्रहरी नायब महानिरीक्षक नीरजबहादुर शाही र प्रहरी प्रधान कार्यालय इन्टरपोल शाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक उमेशराज जोशीसमेत चिली गएका थिए ।



    निगरानी    
  • २०७६ कार्तिक ९, शनिबार ०८:५५
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP