पारिवारिक निजी वन संघ इलामद्वारा इलाम अस्पताललाई आइ भी स्ट्यान्ड हस्तान्तरण

पारिवारिक निजी वन संघ इलामद्वारा  इलाम अस्पताललाई आइ भी स्ट्यान्ड हस्तान्तरण

इलाम, जेठ २८ । कोरोना महामारी समयमा इलाम अस्पतालाई कोरोना रोकथाम, नियन्त्रण तथा उपचारमा सघाउ पुरयाउन बिभिन्न क्षेत्रबाट सहयोग जारी छ । शुक्रबार पारिवारिक निजी वन संघ इलाम शाखाले इलाम अस्पताललाई आइ भी स्ट्यान्ड उपलब्ध गराएको छ । इलाम अस्पतालको ईमर्जेन्सी सेवामा आइ भी स्ट्यान्डको अभाव भएको महसुस भएपछि संघले आइ भी स्ट्यान्ड बितरण गरेको संघका शाखा अध्यक्ष रविन्द्र सुबेदीले बताउनु भयो । सुबेदीले इलाम अस्पतालका अस्पताल व्यवस्थापक क्षितिज खतिवडा र अस्पतालका इमर्जेन्सी सेवाका इन्चार्ज टीका लुइँटेललाई संयुक्त रूपमा आई भी स्ट्यान्ड हस्तान्तरण गर्नुभएको छ । पारिवारिक निजि वन ईलामका किसानले संकलन गरेको र केन्द्रीय कार्य समितिको सहयोगमा १७ हजार पाँचसय रुपैंयाँ वरावरको आइ भी स्ट्यान्ड प्रदान गरेको अध्यक्ष सुबेदीले जानकारी दिनुभयो ।