इलाममा फोटोग्राफी तालीम सुरु

इलाममा फोटोग्राफी तालीम सुरु

इलाममा शुक्रबारबाट दुइदिने आधारभूत फोटोग्राफी तालीम तथा फोटो वाक सुरु भएको छ । फोटो पत्रकार महासंघ इलाम शाखाले आयोजना गरेको तालीममा पत्रकार , विद्यार्थी , सहकारी कर्मी तथा विभिन्न संघसंस्थामा आबद्ध ३० जना बढी व्यक्तिहरुको सहभागिता रहेको छ ।
फोटोगाफ्री तालीमले नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउन तथा जिल्लाको पर्यटकीय गन्तव्यहरुको प्रचार प्रसारमा थप टेवा पुग्ने आयोजकले जनाएको छ । फोटोगा्रफी पत्रकारको लागि मात्र आवश्यक नभई जुनसुकै क्षेत्रमा यसको महत्व रहेकोले इलाममा फोटोग्राफीको आधारभुत तालीम संचालन गरिएको जनाइएको छ । संघ संस्थामा पनि फोटो अनिवार्य आवश्यकता हुन थालेकोले संस्थागत कार्यमा पनि फोटोग्राफी उपयोगी हुने आयोजकको अपेक्षा छ ।


कार्यक्रमको उद्घाटन शाखा अध्यक्ष राजेश पराजुलीको अध्यक्षता र पत्रकार महासंघ इलाम शाखाको अध्यक्ष कोेकिला ढकालको प्रमुख आतिथ्यतामा भएको छ । व्यानर र सहभागीको फोटो खिचेर तालीमको उद्घाटन गर्दै ढकालले फोटोगाफ्री सिकेर व्यवसायिक बन्न सकिने सम्भावना धेरै नै रहेको बताउनु भयो । तालीम पछि जुनसुकै क्षेत्रका व्यतिले पनि राम्रो सँग फोटो खिच्ने सीपको विकास गर्न सक्ने भएकोले इलामको पर्यटन प्रबद्र्धनमा तालीम फलदायी हुन सक्ने आयोजक संस्थाका अध्यक्ष राजेश पराजुलीले बताउनु भयो । कार्यक्रममा पत्रकार भिम चापागाई , र समृद्ध पहाडका संयोजक सुनिल गौतमले शुभकामना मन्तव्य राख्नु भएको थियो ।
तालिममा पत्रकार सुदिप श्रेष्ठ र फोटोग्राफर हरि गुरुङले सहजीकरण गरिरहनु भएको छ ।