ट्रेड युनियन अधिकार मिच्दै सरकार

ट्रेड युनियन अधिकार मिच्दै सरकार

फिक्कल ।नेपाल शिक्षक संघ प्रदेश नम्बर १ का अध्यक्ष पुर्ण प्रसाद गौतमले स्थानीय सरकारका गतिविधिले ट्रेड युनियन अधिकार कुण्ठित भएको बताए । नेपाल शिक्षक संघ सूर्योदय नगरपालिकाको दोस्रो प्रतिनिधि सभालाई शनिबार फिक्कलमा सम्बोधन गर्दै गौतमले सो कुरा बताएका हुन् ।
उनले विद्यालयमा कार्यरत शिक्षक, कर्मचारी र वालविकासमा कार्यरत शिक्षकहरूको अधिकारका लागि संघले सबैभन्दा बढि आन्दोलन गरेको बताए । उनले अब आउने संघिय शिक्षा ऐनमा संघले उठाएका सवाल नसेटीए आन्दोलनमा उत्रीन बाध्यहुने बताए ।
सभामा नेपाली काङ्ग्रेसका सूर्योदय नगर सभापति मणि गुरूङ, संघका पुर्व अध्यक्ष हरिप्रसाद लुइँटेल ,नेपाल ट्रेड युनियन काङ्ग्रेसका प्रदेश सहसिचव विनोद अधिकारी ,संघकी इलाम उपाध्यक्ष लक्ष्मी पोखरेल,इलाम सचिव जय नाराय भट्टराई ,शिक्षक गंगा महत, महासंघका कुल बहादुर इम्सुङ लगायतले तीन तहको सरकार श्रमजीवीको पक्षमा नदेखिएको आरोप लगाए । संघका नगर अध्यक्ष उद्धव पौडेलको अध्यक्षतामा भएको सभाले गत बर्षको कार्यक्रमको समीक्षा गर्दै नयाँ कार्यक्रम निर्माण गरेको नगर सचिव रमा खतिवडाले बताइन । सभामा कोषाध्यक्ष नेत्र पौडेलले आयव्यय पेस गरेका थिए ।