logo
  • २०८२ जेष्ठ २ | Thu, 15 May 2025
  • प्रहरीले छापा मारी बन्धक बनाइएका १९ महिलाको उद्दार

    प्रहरीले छापा मारी बन्धक बनाइएका १९ महिलाको उद्दार

    एजेन्सी। अफ्रिकी मुलुक नाइजेरियाको ठूलो शहर लागोसमा प्रहरीले छापा मारी बन्धक बनाइएका १९ महिलाको उद्दार गरेको छ।डेलीमेलका अनुसार प्रहरीले हिजो (सोमबार) लागोसस्थित ४ वटा भवनमा छापा मारी ती महिलाहरुको उद्दार गरेको हो।

    सो भवनहरु बेबी फ्याक्ट्रीको रुपमा प्रयोग गरिदैं आएको थियो जहाँ महिलालाई बन्धक बनाएर बलात्कार गर्ने गरिन्थ्यो।साथै बलात्कार गरी जन्मिएका बच्चाहरुलाई बिक्रि गर्ने गरिएको समेत खुलासा भएको छ।छोरा भए बढी मूल्य र छोरी भए छोराको भन्दा कम मूल्यमा बच्चाको बिक्रि हुने गरेको डेलिमेलमा उल्लेख गरिएको छ।

    छापा मार्ने क्रममा प्रहरीले बिना तालिम प्राप्त काम गरिरहेका दुई नर्सलाई समेत पक्राउ गरेको छ। साथै ४ बच्चाको पनि उद्दार गरिएको जनाइएको छ।लागोस नाईजेरियाको सबैभन्दा ठूलो शहर हो। उद्दार गरिएका महिलाहरुको उमेर १५ देख २८ वर्षको रहेको जनाइएको छ। सबै महिला गर्भवती थिए।

    प्रहरीका अनुसार काम दिने झुटो आश्वासन दिएर ती महिलाहरुलाई त्यहाँ ल्याइएको थियो। तर मुख्य आरोपित भने फरार रहेको र उनको खोजीकार्य भइरहेको छ। म्याडम ओलुची नाम गरेकी ती आरोपित महिला ५ बच्चाका आमा हुन्।



    निगरानी    
  • २०७६ आश्विन १४, मंगलवार ०९:२५
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP