स्मृती राई
रोङः खानेपानी मुहानमा के हुन्छ ? धेरैको जवाफ हुन्छ ‘सुद्ध पानी’ । तर, रोङ गाउँपालिका ३ चामेटारका बासिन्दा बर्षौ देखि ढल मिसिएको पानीलाई ‘सुद्ध पानी’ मानेर पिउन बाध्य छन् ।
धार्मीक आस्थाको केन्द्र पाथीभराको आधारमा रहेको कुटिडाँडा बजारको ढल बर्षौ देखि चामेटारको सुरेली खानेपानी मुहानमा मिसिने गरेको स्थानीय बताउँछन् ।
स्थानीय हर्क बहादुर राईका अनुसार बर्षाको समयमा ढलको निकास खानेपानीमा मिसिने गरेको छ । सुरेलीको पानी स्थानीय १५ परिवारले उपभोग गर्ने गरेका छन् । राईले सुनाए ‘बर्षा शुरु भएपछि गाउँमा रुघा, खोकी, झाडापखालको प्रकोप शुरु हुन्छ ।’
ढलले मुहानमा पुराना कपडा, बोतल, प्लाटिकका सामग्री लगायतका फोहोरहरु वगाएर ल्याउने गरेको छ । दुईवटा मुहन रहेको खानेपानी योजनाको अर्को तर्फ बंगुरपालन व्यवसाय रहेको उपभोक्ताहरुले बताएका छन् ।
रोङ गाउँपालिका आर्थीक सहयोगमा निर्माण गरिएको मुहानको ट्याकीमा समेत पानी संकलन शुरु गर्न नसकेको उपभोक्ता समितिका अध्यक्ष पुरण राईले बताए । उनले भने ‘खानेपानीमा ढल बगेपछि बर्षाको समयमा ट्याङकीमा पानी हाल्ने सकिएन ।’ गाउँपालिकाले दिएको रकमबाट निर्माण गरिएको नयाँ संरचनापनि ढलको व्यवस्था नगरे त्यसै खेर जाने स्थानीयको चिन्ता छ ।
स्थानीय जानुका देवि राई भन्छिन् ‘बर्षामा खानेपानी खोजेर प्यास मेट्ने दिन तत्काल अन्त्य गर्न गाउँपालिकाले सहयोग गर्नुपर्छ ।’
रोङ गाउँपालिका ३ का वडा अध्यक्ष मातृका बरालले त्यस क्षेत्रका नागरिकले भोगि रहेको खानेपानीको समस्या समाधानका लागि गाउँपालिका र वडाले काम शुरु गरेको बताए । उनले भने ‘शुद्धपानी पिउन पाउने नागरिकको अधिकारलाई पहिलो प्राथमिकतामा राखेर काम गरिरहेका छौ, अब फोहोरदपानी खानुपर्ने दिन धेरै रहँदैन ।’
प्रतिक्रिया