इलामका चार सहित प्रदेश एकमा ३५७ संक्रमित थपिए

इलामका चार सहित प्रदेश एकमा ३५७ संक्रमित थपिए

इलामप्रदेश १ मा दसैंपछि पीसीआर परीक्षण बढाएसँगै संक्रमितको संख्या पनि बढ्न थालेको छ। आइतबार मात्रै प्रदेशभर ३ सय ५७ जना कोरोनाका नयाँ संक्रमित थपिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ। 

आइतबार थपिनेमा मोरङमा १८३, झापामा ६९, सुनसरीमा ५३, उदयपुरमा १५, धनकुटामा ५, इलाममा ४, ओखलढुङ्गा, संखुवासभा, तेह्रथुम र भोजपुरमा १-१ र प्रदेश १ बाहिरका २४ जना छन्।

मन्त्रालयका अनुसार आइतबार सबैभन्दा बढी विराटनगरमा १ सय २३ जनामा संक्रमण देखिएको छ। संक्रमण पुष्टि भएकामा ५३ महिला र ७० पुरुष छन्। 

यस्तै मोरङको उर्लाबारीमा १६, पथरीशनिश्चरेमा ११, सुन्दरहरैचामा ९, बेलबारीमा ८, बुढीगंगा र कटहरीमा ३-३, धनपालथान, ग्रामथान र रंगेलीमा २-२,  कानेपोखरी, मिक्लाजुङ, सुनबर्षी र केराबारीमा १-१ जनाको रिपोर्ट पोजेटिभ आएको छ।

अन्य संक्रमितमा झापाको दमकमा ३७, कमल गाउँपालिकामा १०, विर्तामोड र गौरादहमा ४-४, कनकाई, शिवसताक्षी, मेचीनगरमा २-२, भद्रपुर, बुद्धशान्ति, बार्‍हदशी र अर्जुनधारामा १-१ स्थानीय तह नखुलेका ४, सुनसरीको इटहरीमा २८, इनरुवामा १०, धरानमा ६, रामधुनीमा ३, कोशी गाउँपालिकामा २, बराहक्षेत्र, बर्जु, देवानगञ्ज र दुहवीमा १-१ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ। 

उता उदयपुरको त्रियुगामा ५, चौदण्डीगढीमा ४, कटारीमा ५ र बेलकामा १, धनकुटाको धनकुटा नगरपालिकामा ४ र महालक्ष्मीमा १, इलामको चुलाचुलीमा ३ र रोङमा १, ओखलढुङ्गाको सुनकोशी, संखुवासभाको मादी, तेर्‍हथुमको आठराई र भोजपुरमा १-१ र प्रदेश १ बाहिरका २४ जनाको रिपोर्ट पोजेटिभ आएको छ। प्रदेश १ मा कोरोना संक्रमितको संख्या १९ हजार ५ सय ३२ पुगेको छ।

प्रदेश १ मा आइतबार २ सय ४७ जना डिस्चार्ज भएका छन्। होम आईसोलेसनबाट १ सय ९७, होटल एशियाटिक आईसोलेसनबाट २५, जिल्ला अस्पताल धनकुटाबाट १०, कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रबाट ९, झोराहाट प्राथमिक स्वास्थ्य केन्द्रबाट ५, विराट मेडिकल कलेजबाट १ जना डिस्चार्ज भएका हुन। हालसम्म डिस्चार्ज हुनेको संख्या ११ हजार ९८ पुगेको छ।

प्रदेश १ मा आइतबार १ हजार ३ सय ९१ जनाको पीसीआर परीक्षण गरिएको छ। परीक्षण गरिएका मध्ये १ सय ३६ महिला र २ सय २१ पुरुषको रिपोर्ट पोजेटिभ आएको हो। हालसम्म १ लाख ६१ हजार १ सय ४२ जनाको पीसीआर परीक्षण गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।