logo
  • २०८३ असार २९, सोमबार | Mon, 13 Jul 2026
  • इलामका चार सहित प्रदेश एकमा ३५७ संक्रमित थपिए

    • निगरानी
    • २०७७ कार्तिक १६, आईतवार १४:३९ गते
    इलामका चार सहित प्रदेश एकमा ३५७ संक्रमित थपिए

    इलामप्रदेश १ मा दसैंपछि पीसीआर परीक्षण बढाएसँगै संक्रमितको संख्या पनि बढ्न थालेको छ। आइतबार मात्रै प्रदेशभर ३ सय ५७ जना कोरोनाका नयाँ संक्रमित थपिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ। 

    आइतबार थपिनेमा मोरङमा १८३, झापामा ६९, सुनसरीमा ५३, उदयपुरमा १५, धनकुटामा ५, इलाममा ४, ओखलढुङ्गा, संखुवासभा, तेह्रथुम र भोजपुरमा १-१ र प्रदेश १ बाहिरका २४ जना छन्।

    मन्त्रालयका अनुसार आइतबार सबैभन्दा बढी विराटनगरमा १ सय २३ जनामा संक्रमण देखिएको छ। संक्रमण पुष्टि भएकामा ५३ महिला र ७० पुरुष छन्। 

    यस्तै मोरङको उर्लाबारीमा १६, पथरीशनिश्चरेमा ११, सुन्दरहरैचामा ९, बेलबारीमा ८, बुढीगंगा र कटहरीमा ३-३, धनपालथान, ग्रामथान र रंगेलीमा २-२,  कानेपोखरी, मिक्लाजुङ, सुनबर्षी र केराबारीमा १-१ जनाको रिपोर्ट पोजेटिभ आएको छ।

    अन्य संक्रमितमा झापाको दमकमा ३७, कमल गाउँपालिकामा १०, विर्तामोड र गौरादहमा ४-४, कनकाई, शिवसताक्षी, मेचीनगरमा २-२, भद्रपुर, बुद्धशान्ति, बार्‍हदशी र अर्जुनधारामा १-१ स्थानीय तह नखुलेका ४, सुनसरीको इटहरीमा २८, इनरुवामा १०, धरानमा ६, रामधुनीमा ३, कोशी गाउँपालिकामा २, बराहक्षेत्र, बर्जु, देवानगञ्ज र दुहवीमा १-१ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ। 

    उता उदयपुरको त्रियुगामा ५, चौदण्डीगढीमा ४, कटारीमा ५ र बेलकामा १, धनकुटाको धनकुटा नगरपालिकामा ४ र महालक्ष्मीमा १, इलामको चुलाचुलीमा ३ र रोङमा १, ओखलढुङ्गाको सुनकोशी, संखुवासभाको मादी, तेर्‍हथुमको आठराई र भोजपुरमा १-१ र प्रदेश १ बाहिरका २४ जनाको रिपोर्ट पोजेटिभ आएको छ। प्रदेश १ मा कोरोना संक्रमितको संख्या १९ हजार ५ सय ३२ पुगेको छ।

    प्रदेश १ मा आइतबार २ सय ४७ जना डिस्चार्ज भएका छन्। होम आईसोलेसनबाट १ सय ९७, होटल एशियाटिक आईसोलेसनबाट २५, जिल्ला अस्पताल धनकुटाबाट १०, कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रबाट ९, झोराहाट प्राथमिक स्वास्थ्य केन्द्रबाट ५, विराट मेडिकल कलेजबाट १ जना डिस्चार्ज भएका हुन। हालसम्म डिस्चार्ज हुनेको संख्या ११ हजार ९८ पुगेको छ।

    प्रदेश १ मा आइतबार १ हजार ३ सय ९१ जनाको पीसीआर परीक्षण गरिएको छ। परीक्षण गरिएका मध्ये १ सय ३६ महिला र २ सय २१ पुरुषको रिपोर्ट पोजेटिभ आएको हो। हालसम्म १ लाख ६१ हजार १ सय ४२ जनाको पीसीआर परीक्षण गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।  



    निगरानी    
  • २०७७ कार्तिक १६, आईतवार १४:३९ गते
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    कोरोना भाइरसबाट बच्न निगरानी डटकमद्धारा जारी सन्देश …कुनै व्यक्ति, वस्तु वा सामान छुनु पहिले र छोइसकेपछि साबुन पानीले राम्रोसँग हात धुने । अनावश्यक रुपमा घर वाहिर र भिडभाडमा नजाने, भिडभाड नगर्ने र गर्न नदिने । खोक्दा र हाछ्युँ गर्दा नाक र मुख कुहिनोले छोप्ने । जंगली तथा घरपालुवा पशुपंछिसँगको असुरक्षित सम्पर्कबाट टाढा रहने । बाहिरबाट आयातित माछामासु सकेसम्म उपभोग नगर्ने । जथाभावी मुख, आँखा, कान, नाक नछुने । दैनिक उपभोग सामान खरिद गर्न वाहेक बजार र हाटबजार नजाने । विदेश वा अन्य जिल्लाबाट आएका संकास्पद व्यक्तिहरु कम्तिमा १५ दिनसम्म अन्य व्यक्तिसँगको सम्पर्कबाट टाढा रहने । ज्वरो, रुघा र खोकी तथा श्वासप्रश्वासमा समस्या भएमा चिकित्सकसँग परामर्श गर्ने ।सामान्य किसिमको मौसमी विराम उपचारको लागि स्वास्थ्य चौकीमा भिडभाड नगर्ने । आवश्यक परेमा सञ्चार सेवाबाट परामर्श लिने । खाद्यसामाग्री तथा अत्यावश्यक वस्तु र औषधिजन्य पदार्थको अनावश्यक खरिद गरी जम्मा नगर्ने र गर्न नदिने । घरेलु प्रयोगमा आउने एल।पी। ग्यासको सट्टामा वैकल्पिक उर्जाको प्रयोग गर्ने । अफवाह फैलाउने, त्रास फैलाउने र गलत सूचना प्रवाह नगर्ने । ज्येष्ठ नागरिक, गर्भवती महिला, बालबालिका र दीर्घरोगीलाई विशेष निगरानीमा राख्ने ।दैनिक योग, व्यायाम गर्ने र रोग प्रतिरोधात्मक क्षमता बढाउने खानेकुरा उपभोग गर्ने । बजारमा कालोबजारी गरेको तथा अत्यावश्यक वस्तु लुकाईराखेको भेटिए नजिकको प्रहरी चौकीमा जानकारी गराउने । निगरानी डटकम
    ताजा अपडेट
    TOP