logo
  • २०८३ बैशाख ४, शुक्रबार | Fri, 17 Apr 2026
  • तेस्रो इलाम गोल्डकप फुटबल प्रतियोगिताको ट्रफी सार्वजनिक 

    • निगरानी
    • २०८३ बैशाख ४, शुक्रबार १७:१९ गते
    तेस्रो इलाम गोल्डकप फुटबल प्रतियोगिताको ट्रफी सार्वजनिक 

    इलाम , ४ बैशाख : भोलिदेखी इलाममा सुरु हुने तेस्रो इलाम गोल्डकप फुटबल प्रतियोगिताको ट्रफी सार्वजनिक गरिएको छ  ।
    आज  आयोजक रेडहर्ष फुटबल क्लबले पत्रकार सम्मेलन गरी ट्रफी सार्वजनिक गरेको हो ।
    पूर्व राष्ट्रिय खेलाडी दर्शन भक्तराज, मंगेश बस्नेत, बिनोद श्रेष्ठ तथा आयोजक रेडहर्स फुटबल क्लबका अध्यक्ष सजितसिंह खत्रीले संयुक्त रूपमा ट्रफी सार्वजनिक  गर्नु भयो।
    भोलि देखि सुरु हुने प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको आयोजक समिति सदस्य दिनेश ढकालले बताउनु भएको छ ।

     प्रतियोगितामा आयोजक रेडहर्स फुटबल क्लब, पथरी–११ मोरङ, फिदिम स्पोर्टिङ क्लब, रोलिङ क्लब झापा, मछिन्द्र एफसी, एन पेनाङ एफसी ९मलेसिया०, डिफेन्डिङ च्याम्पियन न्युरोड टिम (एनआरटी) र चित्लाङ एफसीबीच प्रतिस्पर्धा हुने बताइएको छ। प्रतियोगिताको पुरस्कार राशी अघिल्लो संस्करणकै निरन्तरता स्वरूप यस वर्ष पनि यथावत राखिएको छ। जसअनुसार विजेताले नगद  १० लाख र उपविजेताले नगद  ५ लाख प्राप्त गर्नेछन् ।
    प्रतियोगिताको उद्धघाटन खेलमा घरेलु टिम रेडहर्स र पथरी–११ भिड्दैछन् । यसअघि आयोजकसंग जर्जियन एफसी भारत भिड्ने तय भएपनि पश्चिम बंगालको निर्वाचनको कारण भारतीय टिम सहभागि हुन नसक्ने भएपछि मोरङलाई सहभागि गराइएको क्लबका सदस्य निरोज खड्गीले जानकारी दिनु भएकोे छ  । प्रतियोगिताको उद्धघाटन इलाम–२ का सांसद सुहाङ नेम्वाङले गर्नु हुने आयोजकले जनाएको छ । प्रतियोगितामा खेलाडी, पत्रकार, भोलेन्टीयर, आयोजक र सुरक्षा निकायको २ लाखको बिमा समेत गरिएको आयोजक रेडहर्ष फुटबल क्लबले जनाएको छ ।



    निगरानी    
  • २०८३ बैशाख ४, शुक्रबार १७:१९ गते
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP