logo
  • २०८१ आश्विन १७ | Thu, 03 Oct 2024
  • इलाममा कोरोना विरुद्धको खोप अभियान सुरु , पहिलो चरणमा सत्रसयलाई खोप लगाउने

    इलाममा कोरोना विरुद्धको खोप अभियान सुरु , पहिलो चरणमा सत्रसयलाई खोप लगाउने


    इलाम माघ १४

    इलाममा कोरोना भाइरस (कोभिड १९) विरुद्धको खोप अभियान बुधवार सुरु भएको छ । अभियानको पहिलो दिन जिल्लामा १४६ जनाले खोप लगाएको स्वास्थ्य कार्यलय इलामले जनाएको छ ।
    पहिलो चरणमा स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयमसेविका , सफाई कर्मचारी सार्वजानिक फोहोर संकलक ,शव व्यवस्थापनमा खटिएका कर्मचारी , एम्बुलेन्स तथा शवबहान चालकलाई कोरोना भाइरस (कोभिड १९) विरुद्धको खोप लगाृइदै छ । इलाममा पहिलो चरणमा अग्रभागमा खटिने १७ सय जनालाई खोप लगाउने स्वास्थ्य कार्यलय इलामका प्रमुख वृज कुमार दासले बताउनु भयो ।
    इलाममा इलाम नगरपालिकको इलाम अस्पताल , सूर्योदय नगरपालिकाको फिक्कल प्राथमिक स्वास्थ्य केन्द्र र देउमाई नगरपालिकाको मंगलबारे प्राथमिक स्वास्थ्य केन्द्रबाट खोप लगाउने व्यवस्था मिलाएको दासले बताउनु भयो ।
    कोभिशिल्ड भ्याक्सिन १८ वर्ष उमेर माथिकालाई लगाइने छ । गर्भवती महिला, रक्तश्रावको समस्या भएका, अन्य खोप लगाउँदा एलर्जी भएका र १८ वर्ष उमेर मुनिकालाई खोप लगाउन नमिल्ने जनाइएको छ । कोरोना भाईरसको सक्रिय संक्रमितलाई यो खोप लगाईने छैन भने संक्रमित भएर निको भएको चार हप्ता देखि ८ हप्ता सम्म खोप लगाउनुपर्ने जनार्ईएको छ । एकजना व्यक्तिले दुइचरणमा खोपको डोज पुरा गर्ने छन जसको लागि पहिलो खोप लगाएको चार हप्ता पछि दोस्रो डोज लगाउनु पर्ने स्वास्थ्य कार्यलयले जनाएको छ ।कोभिड विरुद्धको खोप कार्यक्रमको लागि ३० बढी स्वास्थ्यकर्मीलाई स्वास्थ्य कार्यलयले तालीम दिइएको छ ।
    इलाममा हाल कोरोना संक्रमित शुन्य रहेको कार्यलयले जनाएको छ । जिल्लाभर छ हजार नौ सय ११ जनाको पिसिआर गरिएिकोमा दुई सय ९६ जना संक्रमित रहेका थिए भने १३ जनाको कोरोना संक्रमणको कारण मृत्यु भएको थियो ।



    Avatar निगरानी संवाददाता    
  • २०७७ माघ १४, बुधबार १६:१३
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP