logo
  • २०८३ जेष्ठ २, शनिबार | Sat, 16 May 2026
  • दशैको मुखमा ट्याङ्करले मोटरसाइकललाई ठक्कर दिंदा श्रीमतीको घटनास्थलमै मृत्यु

    • निगरानी
    • २०७६ आश्विन १७, शुक्रबार १०:४८ गते
    दशैको मुखमा ट्याङ्करले मोटरसाइकललाई ठक्कर दिंदा श्रीमतीको घटनास्थलमै मृत्यु

    हेटौँडा उपमहानगरपालिका–१ चाइनागेट नजिक आज बिहान ६ः३० बजे सवारी दुर्घटना हुँदा एक महिलाको निधन भएको छ । निधन हुनेमा हेटौँडा–१ बस्ने ३५ वर्षीया सीता न्यौपाने रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

    हेटौँडा–११ बाट हेटौँडा बजारतर्फ आउँदै गरेको ना८ख ३८७२ नंको तेलट्याङ्करले सोही दिशाबाट आउँदै गरेको ना५६प ४९३५ नंको मोटरसाइकल ठक्कर दिँदा मोटरसाइकल सवार सीताको घटनास्थलमै निधन भएको हो ।

    प्रहरीका अनुसार, दुर्घटनाबाट मोटरसाइकल चालक सीताका पति ४५ वर्षीय शशि न्यौपाने भने सामान्य घाइते भएका छन् । हेटौँडा अस्पतालमा सामान्य उपचार गरी उनी घर फर्किएका छन् । ठक्करबाट दिने ट्याङ्कर चालक भीमफेदी गाउँपालिका–१ त्रिखण्डी बस्ने २४ वर्षीय मुकेश विकलाई प्रहरीले नियन्त्रणमा लिई घटनाको विषयमा थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।



    निगरानी    
  • २०७६ आश्विन १७, शुक्रबार १०:४८ गते
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP