देउमाईको मंगलबारे बजार सहित तीन वडा सिल

Share This
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
देउमाईको मंगलबारे बजार सहित तीन वडा सिल

इलाम ,असार १६ । केही दिनयता कोरोना संक्रमण पुनः तीब्रगतिमा फैलना थालेपछि इलामका केइ स्थानीय तहमा सतर्कता अपनाउन थालिएको छ ।
पछिल्लो समय संक्रमण दर बढ्दै गएपछि देउमाई नगरपालिकाले मंगलबारे बजारसहित आसपासका क्षेत्रहरु बुधबारदेखि एक हप्ता सिल गरेको छ । कोभिड–१९ रोकथाम तथा नियन्त्रण आपतकालीन समितिको बुधबार बसेको बैंठकले आवश्यक क्षेत्र बाहेक सबै बन्द गर्ने निर्णय गरेको छ सुचना जारी गरेको छ ।
देउमाई नगरपालिकाको वडा नम्बर ३ को मंगलबारे बजार आसपासका क्षेत्र, वडा ४ र ५ का सबै क्षेत्रमा सिल गरिएको नगरपालिकाले जनाएको छ ।