इलाम नगरपालिकाको शिक्षा नियमावली संसोेधनमा वडाध्यक्षहरुको आपत्ति

इलाम नगरपालिकाको शिक्षा नियमावली संसोेधनमा वडाध्यक्षहरुको आपत्ति


इलाम ,भाद्र ७

इलाम नगरपालिकाले संसोधन गरेको (सातौ संसोधन) शिक्षा नियमावली संशोधनमा वडाध्यक्षहरुले आपत्ति जनाएका छन्। छलफल नै नभएको बुदा शिक्षा नियमावलीको सातौं संसोधन गरिएको भन्दै नगरका वडाअध्यक्षहरुले विरोध जनाएका छन । कार्यपालिका बैठकमा छलफल नगरिएको विषय निर्णय गरी इलाम नगरपालिाका शिक्षा नियमावली २०७४ सातौ संसोधन राजपत्रमा सार्वजनिक गरेको भन्दै सोमबार पत्रकार सम्मेलन गरी आपत्ति जनाएका छन । नगरप्रमुख महेश बस्नेतले शिक्षा नियमावली संसोधन बारे छलफल नगराई कार्यपालिका बैठकबाट जबजस्ती पारित गराएको भन्दै वडा अध्यक्षहरुले विरोध जनाएका हुन ।
इलाम गनरपालिका ३ का वडा अध्यक्ष तीर्थ गुरुङ, ४ का वडा अध्यक्ष नुतनदेव दुलाल, ७ का वडा अध्यक्ष नरेश श्रेष्ठ, ८ का वडा अध्यक्ष होम बस्नेत र १२ का वडा अध्यक्ष लाखमान लिम्बूले विद्यालय व्यवस्थापन समिति सम्बन्धी व्यवस्थामा सम्पुर्ण अधिकार नगरप्रमुखले आफूमा केन्द्रित रहने गरी संसोधन गरेको भन्दै विरोध गरे । इलाम नगरपालिकाले गत साउन २० गतेको कार्यपालिका बैठकबाट इलाम नगरपालिका शिक्षा नियमावलीको सातौं संशोधन गरेको थियो ।
शिक्षा नियमावली संसोधनको विषयमा गत २० साउनको नगरकार्यापालिका बैठकमा प्रस्ताव आएको र आफूहरुल छलफलका लागि एक साताको समय माग्दासमेत नदिई सोही दिन जबरजस्ती पारित गराएको वडा नम्बर ७ का वडाअध्यक्ष नरेश श्रेष्ठले बताउनु भयो । वडा नम्बर ४ का वडा अध्यक्ष नुतनदेव दुलालले संविधानले नै अधिकार स्थानीय स्तरमा प्रत्यायोजन गरेको भएपनि नगरप्रमुखले सबै अधिकार आफूमा केन्द्रित गराउँन खोजेको आरोप लगाउनु भयो ।
नियमावलीको विद्यालय व्यवस्थापन समिति सम्बन्धी व्यवस्थामा ३ जना सदस्य नगरप्रमुखले तोक्ने व्यवस्था राखिनु सबै अधिकार आफूमा केन्द्रित गर्न खोजेको दुलालले बताउनु भयो । वडामा शिक्षा समिति भएपनि समितिलाई अधिकार विहिन बनाउनु खोजेको , शिक्षाको सन्दर्भमा वडा समितिलाई अधिकार विहिन बनाउन उहाँको भनाई छ । वडा नम्बर ३ का अध्यक्ष तीर्थ गुरुङले सरोकारवालसँग वृहत छलफल नगरी जालसाझी गरेर नियमावली संसोधन गरेको आरोप लगाउनु भयो ।
शिक्षा नियमावली सातौ संसोधनमा नगरले विद्यालय व्यवस्थापन सम्बन्धी व्यवस्थामा संसोधन गरी अधिकार आफूमा केन्द्रित गरेको छ । नियमावलीको परिच्छेद ५ दफा २८ विद्यालयका अभिभावक÷चन्दादाता÷बुद्धिजिवी÷समाजसेवी मध्येबाट वडा समितिको सिफारिसमा नगर कार्यपालिकाले मनोनित गरेको एक अध्यक्ष रहने व्यवस्था छ । वडा समितिले सम्बन्धित विद्यालयको विद्यालय व्यवस्थापन समितिको अध्यक्ष सिफारिस गर्दा १ महिलासहित ३ जनाको नाम सिफारिस गर्नु पर्ने, सिफारिस गर्दा वडा समितिले आफ्नो वडा भित्रको कुल विद्यालय संख्याको एक तिहाइ (कुल विद्यालय संख्या ३ भन्दा कम भए १ विद्यालय अनिवार्य) विद्यालयका लागि अनिवार्य महिला अध्यक्ष हुने गरी विद्यालयको नाम तोक्नु पर्नेछ व्यवस्था गरेको छ ।

त्यस्तै विद्यालयका अभिभावक मध्येबाट ‘नगर प्रमुखले तोकेको’ १ महिला र १ दलितसहित २ जना (दलित उपलब्ध हुन नसकेमा अल्पसंख्यक÷आदिवासी जनजाति) सदस्य रहने व्यवस्था छ । यसअघि ‘नगर कार्यपालिकाले तोकेको’ भन्ने व्यवस्था थियो । त्यस्तै प्रमुखले तोकेको ‘एकजना महिला प्रतिनिधि’ सदस्य रहने व्यवस्था छ । यसअघि ‘एकजना प्रतिनिधि’ उल्लेख थियो ।
नेपाली कांग्रेस निकट ५ जना वडा अध्यक्षहरुले विरोध जनाएका छन । नियमावली संसोधन नसच्याए आफूहरु कानुनी रुपमा अघि बढ्ने वडाअध्यक्षहरुले बताएका छन ।