logo
  • २०८१ कार्तिक २८ | Wed, 13 Nov 2024
  • इलाममा मंगलबारदेखि निषेधाज्ञा कडाइ , खाद्यन्न पसल समेत बन्द

    इलाममा मंगलबारदेखि  निषेधाज्ञा कडाइ , खाद्यन्न पसल समेत बन्द


    इलाम साउन १८

    इलाममा कोरोना संक्रमण बढ्दै गएपछि निषेधाज्ञामा थप कडाइ गरिएको छ । आगामी २५ गतेसम्म खाद्यान्न पसलसमेत बन्द हुनेगरी जिल्ला प्रसासन कार्यलयबाट सोमबार आदेश जारी गरिएको छ । जिल्लामा कोराना संक्रमण र मृत्युदर बढेपछि साउन १९ गते मंगलबारदेखि लागू हुनेगरी प्रमुख जिल्ला अधिकारी धुव्र बहादुर खड्काले निषेधाज्ञामा कडाईको आदेश जारी गर्नु भएको छ । आगामी २५ गतेसम्म औषधि पसलबाहेक सबै बन्द रहने छ । यसअघि तरकारी, फलफूल र खाद्य सामग्रीका पसललाई निश्चित समय तोकेर खुला गरिएको थियो । तर, सोमबार जारी आदेशमा तरकारी, फलफूल र दूध विक्री गर्ने पसललाई बिहान ५ देखि साढे ७ बजेसम्ममात्र खुला रहन दिने भनिएको भए पनि खाद्यान्न पसलसमेत खुला नहरने जनाइएको छ ।
    प्रशासनले जारी गरेको आदेशमा मेची राजमार्गबाहेक जिल्लाका सबै क्षेत्रमा यातायातका साधन चलाउने नपाइने, खोपकेन्द्र जाँदा स्वास्थ्य मापदण्ड अनिवार्य पालना गर्नुपर्ने, सार्वजनिक निकाय, संस्थान तथा कार्यालयले प्रदान गर्ने अत्यावश्यकबाहेकका सबै सेवा बन्द गर्ने उल्लेख छ । निजी बैंक, वित्तीय संस्था र सेवासमेत बन्द गरिएको छ ।



    Avatar निगरानी संवाददाता    
  • २०७८ श्रावण १८, सोमबार १६:०८
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    TOP