logo
  • २०८२ फाल्गुन २६, मंगलवार | Tue, 10 Mar 2026
  • लागु औषध सहित इलाममा चारजना पक्राउ

    • निगरानी
    • २०७७ फाल्गुन १८, मंगलवार १७:३५ गते
    लागु औषध सहित इलाममा  चारजना पक्राउ

    इलाम  फागुन १८ इलाममा  लागु औषध सहित चारजनालाई प्रहरीले पक्राउ गरेको छ । बिशेष सूचनाको आधारमा खटिएको प्रहरीले इलाम नगरपालिका वडा नं७ फुलगाछी स्थित योग प्रसाद घिमिरेको घरमा भाडा लिएर बस्ने चार जनालाई पक्राउ गरेको हो ।पक्राउ पर्नेमा इलामको सूर्योदय नगरपालिका वडा नं१० वस्ने दियोग राई, देउमाई नगरपालिका ४ का प्रवेश तिरुवा विक, इलाम नगरपालिका ५ का योगेश राई र पाँचथर जिल्ला फिदीम नगरपालिका १० का अनिल लिम्बु रहेका छन् । लागु औषध सेवन गरिरहेको अवस्थामा उनीहरुलाई प्रहरीले फेला पारेको थियो ।प्रहरीले सो स्थानमा खानतलासी गर्दा स्टिलको प्लेट १ थान ,रु पाँचको नोट ३थान , ब्राउन सुगर जस्तो देखिने पदार्थ ७५० मिलिग्राम, लागु औषध सेवन गर्न प्रयोग गर्ने ढुङ्ग्रो समेत फेला पारी बरामद  गरिएको प्रहरीले जनाएको छ । चारजनालाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय इलाममा ल्याई थप अनुसन्धान भई रहेको जिल्ला प्रहरी कार्यालय इलामका सूचना अधिकारी प्रहरी नायव उपरिक्षक लालध्वज सुवेदीले बताउनु भयो । 



    निगरानी    
  • २०७७ फाल्गुन १८, मंगलवार १७:३५ गते
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP