काठमाडौं ,भाद्र ११ । मनसुनी वायुको प्रभावले केही दिन यता देशका धेरै भागमा पानी परिरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल मनसुनको न्युन चापिय रेखा नेपालको तराई भू-भाग नजिक रहेको छ।
अहिले गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा सामान्यदेखि पूर्ण बदली रही बाँकी भू–भागमा सामान्य बदली रहेको छ । प्रदेश १, वाग्मती, गण्डकी तथा कर्णाली प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम खालको वर्षा भइरहेको छ ।
आज दिउँसो देशका अधिकांश भू–भागमा सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, प्रदेश २, वाग्मती, गण्डकी तथा लुम्बिनी प्रदेशका केही र सुदूरपश्चिम तथा कर्णाली प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित भारी र धेरै भारी वर्षाको सम्भावना रहेको विज्ञान विभागले जनाएको छ ।
आज देशभर वर्षाको सम्भावना रहेकोले भू–क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम सहित नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकाले सतर्क हुन विभागले आग्रह गरेको छ ।
हाल नेपालमा मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्युन चापिय रेखा नेपालको तराई भू-भाग नजिक रहेको छ।हाल बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा सामान्य देखि पूर्ण बदली रही बाँकी भूभागमा सामान्य बदली रहेको छ। प्रदेश १, बागमती, गण्डकी तथा कर्णाली प्रदेशका धेरै स्थानहरूमा र अन्य प्रदेशहरूका केही स्थानहरूमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम खालको वर्षा भइरहेको छ।
प्रतिक्रिया