logo
  • २०८२ जेष्ठ ३ | Fri, 16 May 2025
  • प्रतिनिधिसभा दोस्रो पटक पुनःस्थापना ,शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेश

    प्रतिनिधिसभा दोस्रो पटक पुनःस्थापना ,शेरबहादुर देउवालाई  प्रधानमन्त्री बनाउन परमादेश

    काठमाडौ असार २८ ।प्रतिनिधिसभा दोस्रो पटक पुनःस्थापना भएको छ । सर्वोच्च अदालतले केपी शर्मा ओलीले दोस्रोपल्ट विघटन गरेको संसद फेरि पुनःस्थापन गरेको छ ।
    सर्वोच्च अदालतको संवैधानिक इजलासले प्रतिनिधिसभा पुनर्स्थापना गरेको हो । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा नेतृत्वको संवैधानिक इजलासले प्रतिनिधिसभा विघटनको निर्णयलाई बदर गरिदिएको हो ।

    संवैधानिक इजलासमा प्रधानन्यायाधीश राणासहित न्यायाधीश दीपककुमार कार्की, मिरा खड्का, ईश्वर खतिवडा र आनन्दमोहन भट्टराई छन् । प्रधानमन्त्री ओलीले  दोस्रो पटक आठ जेठमा प्रतिनिधिसभा विघटन गरेका थिए । त्यसअघि उनले गत ५ पुसमा प्रतिनिधिसभा विघटन गरेका थिए ।

    यस्तै अदालतले  संवैधानिक इजलासले कांग्रेस सभापति शेरबहादुर देउवालाई  प्रधानमन्त्री बनाउन परमादेश जारी गरेको छ ।



    निगरानी संवाददाता    
  • २०७८ असार २८, सोमबार ०८:०४
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP