इलाम , मङ्सिर २४ ।मानव अधिकार पत्रकारीता पुरस्कार २०७८ बाट भिमकुमार बाँस्कोटा पुरस्कृत हुनु भएको छ ।
मानव अधिकार मञ्च इलामले शुक्रबार एक कार्यक्रमका बीच पाँचथरका पत्रकार बाँस्कोटालाई पुरस्कार प्रदान गरेको हो । नगद दश हजार सहित पुरस्कृत गरियो ।
प्रदेश १ स्तरीय पुरस्कार प्रत्येक वर्ष मानव अधिकार क्षेत्रमा कलम चलाउने पत्रकारलाई प्रदान गरिँदै आएको छ ।
पुरस्कार वितरण समारोहमा इलाम जिल्लाको मानव अधिकारको समिक्षा समेत गरिएको थियो । कार्यक्रममा जिल्ला समन्वय समिति इलामका प्रमुख गणेश बराल, इलाम नगर प्रमुख महेश बस्नेत, प्रमुख जिल्ला अधिकारी ध्रुव बहादुर खड्का, इन्सेक जिल्ला प्रतिनीधि बविता मैनाली, लगायतले मानव अधिकारमा जिल्लाको वस्तुस्थितिबारे चर्चा गरेका थिए । कार्यक्रम मञ्चका अध्यक्ष मोहनसिंह थेवेको अध्यक्षतामा सम्पन्न भएको थियो ।
प्रतिक्रिया