logo
  • २०८१ फाल्गुन ५ | Mon, 17 Feb 2025
  • फेसबुक अभियानबाट रकम संकलन गरि गदाललाई अस्पतालबाट डिस्चार्ज

    फेसबुक अभियानबाट रकम संकलन गरि गदाललाई अस्पतालबाट डिस्चार्ज

    इलाम जेठ १४ । उपचार खर्च तिर्न नसक्दा अस्पतालमा बस्न बाध्य इलामका सरोज गदाल घर आईपुगेका छन् ।

    सुर्योदय नगरपालिका ९ का गदाल गएको बैशाख २५ गते कोरोना संक्रमण भएपछि उपचारका लागि झापाको विर्तासिटी अस्पताल भर्ना भएका थिए ।संक्रमण मुक्त भएका गदालले उपचार बापतको रकम अस्पताललाई बुझाउन नसक्दा एक सातादेखि अस्पतालमा थिए ।

    आर्थिक अभावका कारण अस्पतालमै बस्न बाध्य भएका गदालाई घर ल्याउन संचारकर्मी दिनेश महतको पहलमा फेसबुक मार्फत सरोज गदाल घर फर्काउ अभियान सुरु गरिएको थियो ।

    सो अभियानमा विभिन्न ब्यक्ति साथै संघ-संस्थाहरुले आर्थिक सहयोग गरेपछि शुक्रबार उनलाई अस्पतालबाट ल्याइएको छ ।अस्पताललाई करिब डेढ लाख रुपैयाँ बुझाएपछि सरोजलाई घर ल्याउन सफल भएको महतले बताए । गदाललाई ल्याउन समाजसेवी डम्बर खड्काले निशुल्क गाडी ब्यवस्था गरेका थिए



    निगरानी संवाददाता    
  • २०७८ जेष्ठ १४, शुक्रबार १६:१४
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP