इलाम , पौष २८
हत्या भएको बीस वर्षपछि इलाम प्रहरीले हत्या आरोपी पक्राउ गरेको छ । इलामको सुर्योदय नगरपालिका वडा नं. ३ (साविक पशुपतिनगर गा.बि.स. ३ ) जील वस्ने वर्ष ४१ को गोरे भन्ने मनकुमार राईलाई गत पुस १६ गते पक्राउ गरी बुधबार पत्रकार सम्मेलन गरि सार्वजानिक गरेको हो । । २०५८ साल माघ ६ गते सुर्योदय नगरपालिका ७ (साविक कन्याम गा.बि.स. वडा नं. ७ ) बस्ने १८ वर्षिय किशोरी रोजिना राईको घाटी रेटी हत्या भएको जिल्ला प्रहरी कार्यलय इलामका प्रहरी नायव उपरिक्षक डिएसपी गंगा बहादुर थापाले बताउनु भयो । हत्या कस्ले गरेको हो भन्ने पत्ता लागेको थिएन । अनुसन्धनको क्रममा मनकुमार राईले हत्या गरेको खुलेको प्रहरीको भनाई छ । आरोपी राईले आफुले नै हत्या गरेको स्वीकार गरेको डिएसपी थापाले बताउनु भयो ।
पहिचान नखुलेको कारण राई गाउँघरमानै बस्दै आईरहेका थिए । घट्नास्थल तथा लासजाच मुचुल्का, लासको तत्कालिन तस्विर, स्थानियहरुले दिएको गोप्य तथ्य , र बिश्लेुषण पछि राईले घटना स्वीकार गरेको जनाइएको छ । जिल्ला अदालतबाट दोस्रो पटक पुस २६ गते १० दिनको लागि म्याद थप गरि अनुसन्धान गरीरहेको जिल्ला प्रहरी कार्यलयका प्रहरी प्रमुख एसपी महेन्द्र कुमार श्रेष्ठले बताउनु भयो । इलाममा भएका पुराना घटनाबारे प्रहरीले खोजी गर्ने क्रममा २० वर्ष पुरानो घटनामा सफलता पाएको एसपी श्रेष्ठले बताउनु भयो ।
प्रहरीले दिएको विवरण अनुसार २०५८ माघ ६ गते साँझ करिब ७ बजे रोजिना राईको माईती घरमा रहदा हत्या भएको थियो । रोजिना राईको दिदि चमेली राईलाई कुचो निकाल्ने खेताला भन्नको लागी जानु पर्योा भनि घरबाट हिडेको चमेली राईको घर जानेबाटो रोजिना राई बस्दै आएकोले भीम माया राईको घर नजिकै गोठमा मनकुमार राई सँग भेट भएको थियो ।
रोजिनाको साथमा घाँस दाउरा काट्ने खुर्पा बोकी गाईलाई घाँस लगाई रहेकी थिइन । मनकुमारले रोजिनालाई तिम्रो दिदिको घरमा हिडेको जाँउ हिड घर सम्म पुगेर आँउला भन्दा जान नमाने पछि जबरजस्ती तान्दै रोजिनको घर तिर जाने बाटो तिर लगेको र रोजिना भाग्न खोज्दा लडेर रुन चिच्याउन थालेपछि आफुलाई छिमेकले गलत सोच्लान भन्ने डरले घाँटी रेटी हत्या गरेको प्रहरीले जनाएको छ । घटना पछि मनकुमार कोहि-कसैलाई जानकारी नगराई हाल सम्म गाँउघरमै मिस्त्री ज्यामी गर्दै आएको प्रहरीको भनाई छ ।
प्रतिक्रिया