logo
  • २०८२ जेष्ठ ३ | Fri, 16 May 2025
  • राप्रपा पुर्व अध्यक्ष थापाले किन त्यागे पार्टी

    राप्रपा पुर्व अध्यक्ष थापाले किन त्यागे पार्टी


    काठमाडौ , माघ २५ । राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्वअध्यक्ष कमल थापाले मंगलबार पार्टी परित्याग गरेको घोषणा गर्नु भएको छ। 

    आफूलाई महाधिवेशनमा हराउने निर्मल निवासमाथि छानविन गर्नुपर्ने माग सुनुवाइ नभएको भन्दै थापाले मंगलबार दिउँसो गृहजिल्ला हेटौंडा पुगेर आफू राप्रपाबाट अलग भएको घोषणा गर्नुभएको हो ।

    पार्टीभित्र देखा पर्न थालेको सैद्धान्तिक विचलन तथा गलत प्रवृत्तिलाई सुधार गरेर राजनीतिक जीवन पार्टीभित्रै बिताउने र पार्टीमै रमाउने उत्कट चाहना भएता पनि आफ्नो कुराको सुनुवाइ नहुने भएपछि अप्रिय निर्णय लिन बाध्य भएको थापाको भनाइ छ । 

    थापा अलग भएसँगै उहाँको समूहले नै राप्रपा छोड्ने चर्चा भइरहेको छ । यसैबीच वर्तमान अध्यक्ष राजेन्द्र लिङ्देनले निर्णयमा पुनर्विचार गर्न आग्रह गर्नु भएको छ । थापाले पार्टी परित्याग गरेसँगै दुई वर्षअघि गरेको प्रतिज्ञाको चर्चा भइरहेको छ ।  २०७६ फागुन २७ मा राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त)को एकता घोषणासभामा थापाले गीतामा हात राखेर अब कहिल्यै पार्टी नफुटाउने प्रतिज्ञा गर्नु भएको थियो । तर थिए । थापाले सनातन धर्मको पवित्र ग्रन्थ गीताको कसम तोड्नु भएको छ ।



    निगरानी संवाददाता    
  • २०७८ माघ २५, मंगलवार १६:३२
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP