किरात धर्मगुरु आत्मानन्द लिङदेनलाई कांग्रेस इलामको अभिनन्दन

किरात धर्मगुरु आत्मानन्द लिङदेनलाई कांग्रेस इलामको अभिनन्दन

इलाम , फागुन ३ । नेपाली कांग्रेस इलामले किरात धर्मगुरु आत्मानन्द लिङदेन र धर्मगुरुपत्नी साँवा पवित्रहाङमा लिङदेनलाई अभिनन्दन गरेको छ ।मंगलबार नेपाली काग्रेसका सभापति डम्बर खड्का नेतृत्वको टोलिले धर्मगुरुकै क्षेत्र इलामको माङसेबुङ गाउँपालिका ५ स्थित लारुम्बामा गएर अभिनन्दन गरको हो ।
धर्मगुरुको ६८ औं नुमाङगेन्ना तथा धर्मगुरुपत्नीको ६६ औं जन्मोत्सवको अवसरमा कांग्रेसले अभिनन्दन गरेको हो । सभापति खड्काले ‘नेपाली कांग्रेस’ लेखिएको ‘सुन र चाँदी’ द्वारा निर्मित ब्याज धर्मगुरु र धर्मुगुरुपत्नीलाई लगाईदिएर सम्मान गरेका थिए ।विश्व शान्ति, मानव एकता, मानवप्राणी एवम् सृष्टि जगतकै रक्षाको लागि महान् अभियानमा संचालन गरी मानवमा उच्च चेतना जगाई समाज रूपान्तरणको कार्यमा किरात धर्म, संस्कृति, भाषा, लिपी र साहित्यको प्रचार प्रसारमा पुर्‍याएको योगदानको कदर गर्दै अभिनन्दन गरिएको खड्काले बताउनु भयो ।

खड्काले माङसेबुङ क्षेत्रलाई धार्मिक पर्यटकीय क्षेत्रको रुपमा विकास गर्नका लागि आफ्नो र पार्टीको तर्फबाट सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाए ।माङसेबुङ गाउँपालिका २ इभाङको चुक्चिनाम्बा अगौटेबारीमा १८ मंसिर २०११ जन्मिएका धर्मगुरु लिङदेनले राष्ट्रिय विभूति महागुरु फाल्गुनन्द लिङदेनको अधुरो कार्यलाई पूर्णता दिने भन्दै धार्मिक, साँस्कृतिक तथा सामाजिक रुपान्तरणमा अभियान चलाइरहेका छन् ।उनलाई सत्य, शान्ति र अहिंसाका उपासकका रुपमा किरात धर्मावलम्बीहरुले मान्ने गरेका छन् ।